पर्सामा मृत्यु भएकी युवतीमा संक्रमणकाे पुष्टि
Advertisement

१७ साउन, वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बीरगञ्जको वयोद्धा अस्पतालमा मृत्यु भएकी बीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो।

वयोद्धा अस्पतालमा उपचार गराईरहेकी ती महिलाको ज्युदै रहेको बेला स्वाव संकलन गरि नारायणी अस्पतालमा परिक्षणको लागि पठाइएको थियो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायका अनुसार शुक्रबार राति आएको ६४ जनाको पोजेटिभ रिपोर्टमा मृतक महिलाको पनि रिपोर्ट पोजेटिभ आएको हो।

मुटु र उच्च रक्तचापको बिरामी रहेकी महिलालाई अस्पतालको आईसियुमा भर्ना गरि उपचार गर्नेक्रममा मृत्यु भएको हो।उनी गत साउन १४ गते उपचारको लागि अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि गत बुधबार दुई जना र बिहीबार तीनजनाको एकैदिन कोरोना संक्रमणका कारण वीरगञ्जमा मृत्यु भएको थियो।

Advertisement
Advertisement
Previous articleसशस्त्र प्रहरीका थप १७ जनामा सङ्क्रमण पुष्टि
Next articleबढ्दै कोरोना सङ्क्रमण, आज कहाँ कति संक्रमित ?

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here