बढ्दै कोरोना सङ्क्रमण, आज कहाँ कति संक्रमित ?
नेपालबहस संवाददाता
साउन १७, २०७७ आइतबार २:१३:३
१७ साउन, काठमाडौं । सरकारले बन्दाबन्दी ‘लकडाउन’को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८७७ नमूना परीक्षण गर्दा २.८ प्रतिशत अर्थात् एक हजार ३४५ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १७४ नमूना परीक्षण गर्दा दुई हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । सरकारले यही साउन ६ गते मध्यरातदेखि बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेको थियो ।
पछिल्लो २४ घण्टामा नेपालमा छ हजार ९९३ नमूना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौंमा पाँच-पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ८६ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७२.१ अर्थात् १४ हजार ४९२ जना कोरोनामुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ को भोजपुर र सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
हालसम्म प्रदेश नं १ बाट ८५६, प्रदेश नं २ बाट तीन हजार १४९, वाग्मती प्रदेशबाट ५३२, गण्डकी प्रदेशबाट एक हजार २५६, प्रदेश नं ५ बाट तीन हजार ९७१, कर्णाली प्रदेशबाट एक हजार ७१८ र सुदूरपश्चिम प्रदेशबाट तीन हजार १० कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ३३८ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् ।
सरकारले पिसीआर परीक्षणको सङ्ख्या वृद्धि गरेपछि क्वारेन्टिनमा बस्ने व्यक्तिको सङ्ख्या पनि घटेको छ । अब क्वारेन्टिनमा ११ हजार ५२३ रहेका छन् । प्रदेश नं १ मा एक हजार २५४, प्रदेश नं २ मा एक हजार ५७३, वाग्मती प्रदेशमा ८५२, गण्डकी प्रदेशमा दुई हजार ९५३, प्रदेश नं ५ मा एक हजार ५३६, कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ९२२ क्वारेन्टाइनमा रहेका छन् ।
सरकारले समुदायमा कोरोना फैलन नदिन विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टाइन राख्दै आएको छ । निश्चित समय क्वारेन्टाइनमा बसेपछि स्वाबको नमूना परीक्षण गरेर नतिजा ‘नेगेटिभ’ आएमा होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै पठाउने गरेको छ । हालसम्म तीन लाख ८२ हजार ४९० नमूना आरडीटी–पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक १० हजार नमूना आरडीटी–पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट हालसम्म विश्वभर एक करोड ७७ लाख ७१ हजार ३०८ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये छ लाख ८३ हजार २६६ जनाले ज्यान गुमाएका छन् भने एक करोड ११ लाख ६७ हजार ८३९ कोरोनामुक्त भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार