पहिरोले भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १२:५२:५१
१८ साउन, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ ।
लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए । उनले भने, “केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।”
पहिराेले उक्त गाउँका ती घरपरिवार विस्थापित भएपछि अहिले गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन् । भुर्केलागाउँको चारैतिर पहिरा झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए ।
गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले उक्त गाउँवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग छ । पहिरोको उच्च जोखिममा परेका उनीहरु अहिले अग्लाडाँडामा पाल टाँगेर बस्न बाध्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार