पुग्यो सिलिचोङमा विद्युत्
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १३:४७:५
१८ साउन, खाँदबारी । अरुणपारिको गाउँपालिका भनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्षअघिदेखि प्रसारणको काम शुरु गरी यही साउन १ बाट सिलिचोङ –५ याफुमा विद्युत् प्रयोग गर्न शुरु गरिएको हो ।
विद्युत् प्राधिकरणको आर्थिक लगानी र स्थानीय नागरिकको श्रमदानबाट विद्युत् पु¥याइएको हो । वडा नं ५ याफुमा पहिलो चरण ६४ घरपरिवारमा विद्युत् बालिएको छ । याफुको वडा कार्यालयलगायतका चार सरकारी कार्यालय र अन्य ६० घरपरिवारमा विद्युत् बालिएको वडा नं ५ का अध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । वडा नं ५ का ३३६ परिवारलाई लक्षित गरी विद्युत् विस्तार गरिएको छ ।
विद्युत् विस्तारको ठेक्का लिएको ठेकेदारले समयमा काम गर्न नसकेका कारण अन्य घरमा विद्युत् बाल्न ढिलो भएको उनले जानकारी दिए । बाँकी घरमा पनि विद्युत् पु¥याउन ठेकेदारलाई द्रुतगतिमा काम गर्न लगाइएको र आगामी दशैँसम्ममा विद्युत् बालीसक्ने योजना रहेको जनाइएको छ ।
याफुमा विद्युत् बाल्नका लागि सम्पूर्ण सामग्री चिचिला गाउँपालिकाको खेवाटारबाट बोकेर लगिएको थियो । श्रमदानले सामान याफुगाउँ पु¥याउन तीन वर्षमा करिब एक हजार ५०० दिन श्रमदानमा खट्नुपरेको स्थानीय युवा बुद्धिमान कुलुङले जानकारी दिए । खेवाटारबाट ट्रान्सफर्मर, विद्युत् पोल र तारलगायतका सम्पूर्ण सामान करिब नौ किलोमिटरको दूरीमा याफु पु¥याइएको उनले बताए । उनका अनुसार हाइटेन्सनको लाइन १३४, शाखा प्रसारण लाइनको पोल १५३, ट्रान्सफर्मर एक र तार १२ बण्डल श्रमदानले बोकेरै पु¥याइएको थियो ।
सिलिचोङ गाउँपालिका वडा नं ४ मांतेवामा पनि विद्युत् विस्तारको काम भइरहेको छ । यहाँ पनि पोल,तार तथा ट्रान्सफर्मरलगायतका सामान ढुवानी गर्ने काम भइरहेको वडाध्यक्ष देवेन्द्र बान्तावाले जानकारी दिए । वडा नं ४ मा पनि दशैँभित्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् बालीसक्ने योजना रहेको छ । वडा नं ४ र ५ मा चिचिला गाउँपालिकाको नामा गाउँबाट केन्द्रीय प्रसारण लाइन सिलिचोङ भित्र्याइएको हो ।
विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका सङ्खुवासभाको दुई स्थानीय तहहरुमध्ये सिलिचोङमा केन्द्रीय प्रसारण लाइन पुगेको हो । अब गाउँपालिकाभरि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् बाल्ने चरणबद्ध योजना रहेको प्राधिकरण खाँदबारी वितरण केन्द्रले जनाएको छ ।
यस वर्ष वडा नं ४ र ५ मा विद्युत् बालिएको र आगामी वर्षदेखि वडा नं ३, २ र १ मा पनि विद्युत् विस्तार गर्दै लैजाने प्राधिकरणको योजना छ । अहिले सिलिचोङको ४ र ५ वडाबाहेकका अन्य वडामा स्थानीय खोलाबाट सानो क्षमताको लघुजलविद्युत् उत्पादन गरेर उपभोग गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार