आमाको सक्रियताले रोकियो छोरीको बालविवाह
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १९:५३:१४
१८ साउन, मकवानपुर । आमा सचेत र सक्रिय हुँदा मकवानपुरको थाहा नगरपालिका–४ नारायणझ्याउमा बालविवाह रोकिएको छ । औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनुहुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो ।
वडा नं ४ नारायणझ्याउकी ५० वर्षीया फूलमाया थिङले आफ्नै छोरीको बालविवाह रोकेकी हुन् । अर्को गाउँको २० वर्षीय केटाले १४ वर्षीया छोरीलाई भगाएर लगेको थाहा पाउने बित्तिकै उनी बालविवाह विरुद्ध उत्रिएकी हुन् ।
छोरीको बालविवाह हुन लागेको भन्दै उनले वडाध्यक्ष दीपकसिंह लामालाई फोन गरेकी थिइन् । वडाध्यक्ष लामाले आफ्नै वडामा बालविवाह भएको सूचना पाउने बित्तिकै सामाजिक विकास मन्त्रालयमा खबर गरे । लगत्तै मन्त्रालयले बालविवाह रोक्न तदारुकता देखायो र सरोकारवालाको पहलमा बालविवाह रोकियो ।
बालविवाहमुक्त वाग्मती प्रदेश अभियानकी सहजकर्ता पविना लामा, शिविन बाल हेल्पलाइन हेटौंँडाका प्रमुख झविन्द्र ज्ञवाली, वडाध्यक्ष लामा, थाहा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख प्रतिमा लामा, वडा सचिव पाल्साङ लामा, लेकाली बसिफाँट माविका अध्यक्ष विनोदकुमार लामालगायतको टोली गाउँमै पुगेर सम्झाइबुझाई गरेपछि बालविवाह रोकिएको छ ।
तामाङ संस्कारमा माइतीले केटा पक्षको प्वाङ सगुन नस्वीकारेसम्म बिवाहको कल्पनासम्म पनि गर्न सकिँदैन । केटाकेटी भागेर विवाह गरे पनि माइतीले प्वाङ नखाएसम्म त्यस्तो विवाहलाई मान्यता दिइँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार