मटिहानीमा झुलनोत्सवको रौनक
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २०:१७:५०
१८ साउन,जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको रौनक छाएको छ । पन्ध्र दिन पहिलेदेखि जनैपूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालिकमा बाजागाजाका साथ भगवान् राम र सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लैजाने गरिन्छ ।
महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ । झुलाघरमा राम र सीताको मूर्ति राखी धार्मिक गीत र भजन कीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथदास वैष्णवले बताए।
भगवान् राम र सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाका अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ । मेला हेर्न तथा भगवान् राम र सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल र भारतका श्रद्धालुको भीड लाग्ने गर्दछ । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता, लक्ष्मीनारायणलगायत मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ ।
मिथिला क्षेत्रमा रोपाइँ सकिनेबित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ । प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा वरपरका श्रद्धालु जम्मा हुने, भजनकीर्तन गर्ने तथा नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी र सन्न्यासीले आफ्ना आराध्य खेलाई झुलाउने परम्परा छ । बृन्दावनमा पनि झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार