वर्षेनी नारायणीको कटानले जोखिममा बस्ती
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २०:५८:२४
१८ साउन, चितवन । जब जब वर्षाको समय हुन्छ भरतपुर महानगरपालिका–२८ का बासिन्दालाई नारायणी नदीले गर्ने कटानको चिन्ता हुन्छ । कटान रोक्न स्थानीयवासी दिनरात नभनी काम गर्छन् । तटबन्धलाई मजबुत बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा स्थानीयवासी दौडधूप गर्दै अहोरात्र खटिन्छन् ।
नारायणीले वर्षेनी कटान गर्दै आएपछि आफै दिनरात खट्न बाध्य भएको स्थानीयवासी भीमसेन कुमालले बताए । उनले बाढी बस्तीमा पस्ने डरले वर्षेनी त्रासमा बस्न बाध्य भएको गुनासो गरे । उनले भने, “प्रत्येक वर्ष नारायणीले कटान गर्छ, बर्खा लागेपछि डुबानको त्रास हुन्छ ।”
विशेषगरी वडा नं २८ बाढीको उच्च जोखिममा छ । जोखिम रहेकै कारण यहाँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । तटबन्धका लागि वर्षेनी लाखौं रुपैयाँ खर्च हुँदै आए पनि बाढीको जोखिम नटरेको कुमालले बताए ।
न्यूरे चोक क्षेत्रको तटबन्ध वर्षेनी बाढीले बगाउने गरेको छ । एक ठाउँमा तटबन्ध ग¥यो अर्को ठाउँमा भत्काउने समस्याले जोखिम बढ्दो छ । साउन पहिलो साता आएको बाढीले पनि केही स्पर बगाएको नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मेघनाथ शर्माले बताए ।
उनले सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिए । उनले नारायणी नदी तटीय क्षेत्रमा वर्षेनी बाढीको उच्च जोखिममा पर्ने गरेको बताए । आयोजनाले प्रयाप्त बजेट अभावका कारण सोचे अनुरुप काम गर्न नसकेको उनको भनाइ छ ।
साउन पहिलो साता आएको नारायणीको बाढीले महानगरपालिकाका वडा नं २६, २७ र २८ का केही भाग डुबानमा परेका थिए । भगडीबाट प्रवेश गरेको बाढीले मानवीय क्षति गरेन । तर मुख्य चुनौती भनेको न्यूरे चोकको तटबन्ध हो । सो तटबन्धलाई बाढीले भत्काए सबै भन्दा बढी वडा नं २८ मा मानवीय र भौतिक क्षति पुग्ने छ । यहाँ रहेका एक हजार ७०० घरधुरीमध्ये एक हजार घरधुरी उच्च जोखिममा रहेका वडा नं २८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए ।
उनले बाढीकै कारण सो क्षेत्रमा हजारौं बिघा क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको जानकारी दिए । न्यूरे चोक आसपासको क्षेत्रमा तटबन्धनका लागि वर्षेनी रु ४० लाखसम्म खर्च भइरहेको नदी व्यवस्थापन आयोजनाले जनाएको छ । २०५९ सालदेखि निरन्तर त्यस क्षेत्रमा तटबन्धन हुँदै आए पनि अझै शान्तसँग श्वास फेर्न नपाएको अर्का स्थानीयवासी रञ्जन तामाङले बताए ।
दीर्घकालीन समस्या समाधानको आश्वासन प्रत्येक वर्ष आउने गरे पनि समाधान हुन नसकेको उहाँको भनाइ छ । असार अन्तिमसाता मात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रको स्थलगत अवलोकन गरेर दीर्घकालीन रुपमा तटबन्धन गरिने प्रतिबद्धता जनाएका थिए । तटबन्धका लागि यसवर्षदेखि प्रर्याप्त बजेट विनियोजन गरिने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार