दाहसंस्कारका लागि दाउराको अभाव
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार १:०:१०
१८ साउन, चितवन । सालको काठ दाउरा ढुवानीमा रोक लागेसँगै पवित्र तीर्थस्थल देवघाटमा शव दाहसंस्कार गर्न दाउराको अभाव भएको छ । सरकारले तराईका जिल्लामा काठमा अनियमितता भएको भन्दै ढुवानीमा रोक लगाएपछि अभाव भएको हो ।
देवघाट क्षेत्र विकास समितिले गत चैत १० गते जिल्ला वन पैदावर आपूर्ति समिति नवलपरासीबाट सालको दाउरा खरिद गरी ल्याउने तयारी गर्दै गर्दा लकडाउनले रोकिएको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार चैत ६ गते खरिद गरेर १० गते छोडपूर्जी समेत प्राप्त भएको भए पनि ल्याउन सकिएको थिएन । पछि जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले सालका काठ दाउरा ढुवानीमा रोक लगाएपछि ल्याउन नपाईएको उनले बताए ।
समितिले रु आठ लाख ८३ हजार भुक्तानी गरी ५० चट्टा दाउरा खरिद गरेको थियो । पौडेलले भने, “दाउरा किन्यौँ, ल्याउने बेलामा लकडाउन भयो । पछि सरकारले नै रोक लगायो ।” दाहसंस्कारका लागि अब १५ देखि २० दिनका लागि मात्रै दाउरा भएको उनले बताए । त्यसपछि दाउराको अभाव हुनेछ ।
एक चट्टा दाउराले १४ वटासम्म शव दाहसंस्कार गर्न पुग्ने गर्दछ । देवघाटमा दैनिक १०÷१२ वटा शव आउने गर्दछन् । यो क्षेत्रीयस्तरको दाहसंस्कार स्थल हो । चितवन र आसपासका जिल्लाबाट दाहसंस्कारका लागि यहाँ ल्याउने गरिन्छ ।
समितिले वन मन्त्री, सचिवलगायत सरोकारवालासँग यस बारेमा जानकारी गराएको भए पनि मन्त्रिपरिषद्को निर्णय भएका कारण फुकुवा हुन सकेको छैन । दाहसंस्कार अत्यावश्यक भएकाले यसलाई तत्काल निकास दिन समितिले आग्रह गरेको छ । दाहसंस्कारका लागि ओभानो र राम्रो बल्ने भएकाले सालको दाउरा प्रयोग गरिन्छ ।
समितिले बर्सेनि रु ८० लाख हाराहारीको दाउरा खरिद गर्ने गरेको छ । देवघाटमा अन्त्येष्टि गरेमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ । ग्रामीण क्षेत्रबाट आउने कतिपयले घरबाटै दाउरा ल्याउने भए पनि अधिकांशले त्यहीँ किनेर अन्त्येष्टि गर्ने गर्छन् । यहाँ ल्याउने प्रायः सबै शव जलाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार