झापाका दुई स्थानीय तहमा बन्दाबन्दी
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार ३:१४:३०
१८ साउन, सुरुङ्गा । झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) गरेका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो ।
बिर्तामोड नगरपालिकाले आज अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लकडाउनको घोषणा गरेको हो । कोरोना परीक्षण गर्नुपूर्व बाह्रदशी र इलामका कोरोना सङ्क्रमितहरु बिर्तामोडमा खुलेआम हिँड्डुल गरेको र उनीहरुको सम्पर्कमा आएकालाई कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले बिर्तामोडलाई लकडाउन गरिएको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
कोरोना सङ्क्रमितको सम्पर्कमा आएका बिर्तामोडका ११६ जना यतिबेला होम क्वारेन्टाइनमा छन् । होम क्वारेन्टाइनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका छन् । कोरोना सङ्क्रमित बाह्रदशी गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता र सोही ठाउँका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टाइनमा राखिएको हो ।
त्यस्तै इलामका संक्रमितको सम्पर्कमा आएका ४८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमितहरु आएपछि सम्भावित संक्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो ।
बाह्रदशीका दुईजना सङ्क्रमितको सम्पर्कमा आएका ६८ र इलामका सङ्क्रमितको सम्पर्कमा आएका ४८ र अन्य गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए । उता बाह्रदशी गाउँपालिकाले वडा नं १, २ र ३ मा गरिएको बन्दाबन्दी आजदेखि खुलाएको छ । गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै लकडाउन खुलाएको जनाएको हो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार