बेलकामा प्रहरी र आन्दोलनकारीबीच झडप
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार ३:२१:२९
१८ साउन, गाईघाट । उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, सङ्घीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो । बरगाछी क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५०० भन्दा बढीको सङ्ख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेको र नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा बसेका प्रहरी र आन्दोलनकारीबीच झडप भएको इप्रका रापुरले बताएको छ ।
आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ भने आन्दोलनकारीपट्टि पनि एकजना घाइते भएको इप्रका रामपुर ठोक्सिलाका प्रमुख तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताए । नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि अहिले आन्दोलनकारीहरुले नगपालिकाको गेटबाहिर कार्यक्रम गरिरहेको प्रहरीले जनाएको छ ।
यता नेकपा पार्टी बेलका नगरपालिकाले पनि विपक्षीले बेमौसमी आन्दोलन गरेर बेलका नगरपालिकामा अतिक्रमण गर्न खोजेको भन्दै एक विरोध जुलुस निकालेर अहिले स्थानीय बुद्धचौकमा सभा गरिरहेको प्रहरीले उल्लेख गरेको छ । बेलकामा दिनदिनै कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बेलकाको बरगाछी तथा रामपुर बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइएको भए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार