सङ्क्रमण नरोकिएपछि राजविराजको हटिया शिल
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार ३:५४:१४
१८ साउन, राजविराज । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आजदेखि अनिश्चितकालीन शिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए।
शनिबार सार्वजनिक भएको पीसीआर रिपोर्टअनुसार राजविराज–७ मा दुई र हालसम्म छ जनालाई कोरोना सङ्क्रमण देखिएपछि हटिया बन्द गरिएको स्थानीयवासीले बताएका छन् । सोमबार हुने रक्षाबन्धनका लागि भीडभाड हुन नदिन हटिया प्रवेश गरिने नौ मुख्य प्रवेशद्वारमा प्रवेश निषेधको ब्यानर झुण्ड्याएर हटियालाई निषेधित क्षेत्र घोषणासमेत गरेका छन् ।
राजविराजमा कोराेनाका कारण साउन १ गते एकजना व्यापारीको मृत्यु भएर उनको परिवारका सदस्य हुँदै समुदायमै सङ्क्रमण फैलिएपछि नगरपालिकाले लकडाउन तथा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेका छन् । शनिबारको रिपोर्टअनुसार वडा नं ७ का ५५ र ४० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । यसबाहेक नगर क्षेत्रमा मात्रै शनिबार १८ जना सङ्क्रमित थपिएका छन् । स्थानीय युवाले त्रासको वातावरण अरू मानिसमा नहोस् भन्दै हटिया सिल गरी बन्द गराउनु परेको जनाएका छन् ।
ग्रिन नेपालका संयोजक खेलानन्द दासले राजविराज नगर क्षेत्रमा कोरोना सङ्क्रमणको त्रास नरोकिएसम्म हटिया सञ्चालन गर्न नदिने जानकारी दिए। राजविराज नगरपालिकाले ७ गतेदेखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन र स्थानीय प्रशासनले पनि साउन ८ गतेदेखि राजविराजमा निषेधित क्षेत्र घोषणा गरेका छन् भने वडा नं ६ सिरहारोडमा अनिश्चितकालीन निषेधाज्ञासमेत आदेश जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार