आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १४:९:३६
१९ साउन, काठमाडौं । भारत सरकारले इन्डियन प्रिमियर लिग ‘आईपीएल’ टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ ।
आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट युएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो ।सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल युएईमा हुने पक्का भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड ‘बीसीसीआई’ ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको छ ।
यस्तै आईपीएलको गभर्निङ बडीले हरेक टिममा २४ खेलाडी राख्ने पाईने नियम समेत बताईएको छ । कोरोना भाईरसको महामारीको कारण बीसीसीआईले युएईमा आईपीएल गराउने निर्णय गरेको हो । एसिया कप र टी–२० विश्वकप यस वर्ष स्थगित भएसंगै आईपीएल आयोजनाको बाटो खुलेको हो ।
आईपीएल युएईमा आयोजना हुन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१४ मा समेत पहिलो चरणको खेलहरु युएईमा भएको थियो । यस पटक भने पुरा सिजन युएईमा हुनेछ । यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो । तर, कोरोनाको कारण लिग स्थगित गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
सनराइजर्स र मुम्बई बीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का
चैत १५, २०८० बिहिबार
एसिया कप २०२४ नेपाली महिला क्रिकेट टिमले खेल्ने
चैत १३, २०८० मंगलबार
देशमा अर्को उथलपुथल हुने वाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार