पहिरोले १३ घरपरिवार विस्थापित
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १४:५३:५३
१९ साउन, बागलुङ । बागलुङको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ ।
पहिरोले खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि नौ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।
“प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, उनले भने, “जोखिम पछि पूर्ववत् सजगता अपनाउनु पर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिक स्थलमा बस्न भनेका छौँ ।” निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिरोले पनि स्थानीय आजित छन् ।
ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् । शनिबार बिहान खसेको पहिरोले स्थानीय काली विक, पोप्ची विक, बाँवरी विक र रोशन विकको घर जोखिममा परेको हो । अहिले विस्थापित परिवार छिमेकीको सहयोगमा आश्रयमा लिएर बसेका छन् ।
अलि ठूलो वर्षा हुन साथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ ढोरपाटन खण्ड अवरुद्ध भएको छ । “अहिले गाउँ गाउँ टोल टोल र घर घरमा सडक पु¥याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ”, उनले भने, “अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार