कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १७:३८:२३
१९ साउन, भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आइतबार च्याम्बरको शुभारम्भ गर्दै कोरोनाको कहरका बीच पनि समयमै काम सम्पन्न भएकोमा सरोकारवालालाई धन्यवाद दिए । राप्ती नगरपालिकामा उत्पादन हुने कृषि सामग्रीको भण्डारण र बजारीकरणका लागि सेड घर र कोल्ड च्याम्बरले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
च्याम्बर ९२ लाखको लागतमा निर्माण गरिएको हो । सो रकम सबै प्रदेश सरकारले अनुदान दिएको छ । सहकारीमार्फत राप्ती र खैहरनी नगरपालिकाका वडा नम्बर १० र ११ का किसान लाभान्वित हुनेछन् । विसं २०५७ मा स्थापना भएको सहकारीमा ११ सय शेयर सदस्य छन् भने पाँच हजार किसानले कारोवार गर्दै आएका छन् ।
“कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माणपछि किसानको डोको डालो र बोरामा ल्याएको तरकारी घाम पानीबाट जोगिने भयो, सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेलले भने”, “बाँकी रहेको तरकारी कोल्ड च्याम्बरमा राख्न सकिने भयो ।” उनले कोल्ड च्याम्बरमा १० टनसम्म तरकारी राख्न मिल्ने जानकारी दिए ।
तरकारी बिक्री नभएको अवस्थामा कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सहकारीले एक वर्षमा आठदेखि १० करोडको तरकारी निर्यात गर्ने गरेको छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ , पोखरा, बुटवललगायतका शहरमा बिक्री हुने गरेको छ ।
कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार