कोरोनाले भक्तजन नआएपछि ढोरबराह सुनसान
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १९:५५:४२
१९ साउन, बलेवा । ढोरबाराही पूजा व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमणको समस्याका कारण केही दिनअघिनै सूचना दिएर मेला नहुने जानकारी गराएपछि अहिले त्यहाँ भक्तजन आएका छैनन् । नजिकै घर भएका, तत्काल आएर फर्कने र भीड नगर्ने गरी पूजामा सहभागी हुने केही मानिसबाहेक ढोरबाराहीमा कोही नआएको स्थानीय बासिन्दाले बताएका छन् ।
यो वर्ष नगरपालिकाले पनि मेला महोत्सवमा भेला नहुन सूचित गरेको छ । ढोरपाटन नगरपालिका–९ का अध्यक्ष हरिबहादुर घर्तीले कोरोनाका कारण मेला आयोजना नगरिएको जानकारी दिए ।
ढोरपाटनको ढोरबाराही मन्दिर र उत्तरगङ्गामा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्थ्यो । मेलाका लागि स्थानीय युवा क्लब, समाजसेवी, नेपाली सेनाको ब्यारेकबाट स्वयंसेवी काम हुने गरेको थियो । खोलामा अस्थायी पुल हालेर आउजाउमा सहज गराउने काम पनि गरिन्थ्यो । यो वर्ष भने भीड लाग्न नदिन सहजीकरणको काम पनि रोकिएको छ ।
जनैपूर्णिमाको केही दिनअघिदेखि नै यहा मेला भर्न सयौं आउने गर्थे । आइतबारसम्म यहाँ कोही नआएको स्थानीयवासीले बताए । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा बागलुङ, म्याग्दी र रुकुमसहित गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका अन्य जिल्लाबाट हजारौंँ मानिस ढोरपाटन पुग्ने गर्थे । कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै ढोरपाटन नगरपालिका र स्थानीय आयोजकले पनि मेला नगर्ने जनाएपछि पूर्णिमाको दिन औपचारिक पूजा मात्रै गरिने भएको उनीहरुले जानकारी दिए ।
अघिल्लो वर्ष नगरपालिकाले मन्दिर व्यवस्थापन र घेराबारका लागि मात्रै एक करोड लगानी गरेको थियो । ढोरबाराहीको पूजा गरेर भोग चढाएपछि सुरक्षा र सहकाल आउने यहाँका मानिसमा विश्वास छ । बराह अवतारकोस्वरुप भएकोले दर्शन गर्दा साक्षत भगवानको दर्शन पाइनेसमेत स्थानीयवासीमा विश्वास छ । यहाँ पूजा गरेर गाउने, नाच्ने र आफन्त भेट्ने अवसरको रुपमा जनैपूर्णिमालाई लिने गरिन्छ ।
नेपाल सरकार र प्रदेश सरकारले नदिएको वर्ष पनि नगरपालिकाले मेलाका लागि बिदा दिएको थियो । यहाँका २२ धाराबाट झरेको पानी उत्तर बगेकोले उत्तरगङ्गा भनिन्छ । यो उत्तरगङ्गा ढोरपाटनबाट बगेर रुकुमहुँदै कर्णालीमा पुगेको छ । उत्तरगङ्गा जलविद्युत् आयोजनासमेत यही पानीबाट निकाल्ने तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार