एक वर्षदेखि बेवारिसे महिलाको उद्धार
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २२:२०:३०
१९ साउन, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ मा एक वर्षदेखि बेवारिसे एक महिलाको उद्धार गरिएको छ । राजमार्ग छेउछाउ अलपत्र अवस्थामा बस्दै आएकी महिलाको बन्दीपुर गाउँपालिका–५ को समन्वयमा आज उद्धार गरिएको हो ।
ती महिलालाई उद्धार गरी उपचारका लागि कोसिस नेपालको कार्यालय ललितपुर पठाइएको वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए। “एक वर्षदेखि राजमार्ग आसपासमै अलपत्र अवस्थामा बस्दै आएकी उनलाई कोसिस संस्थासँग सम्पर्क गरी उद्धार गरेर पठाएका छौँ”, लामिछानेले भने ।
लामिछानेका अनुसार शनिबार उक्त महिलाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । कोरोनाको रिपोर्ट नेगेटिभ आएकाले बन्दीपुर गाउँपालिकाकै सवारीमा उनलाई उद्धार गरेर लगिएको छ । “उनको उपचारका लागि कोसिस नामक संस्थासँग सम्पर्क गरेका थियौँ, उक्त संस्थाले उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएपछि ती महिलालाई उद्धार गरेर पठायौँ”, लामिछानेले भने ।
राजमार्ग आसपासमै बस्ने ती महिलालाई स्थानीयवासीले खानाको व्यवस्था गर्दै आएका थिए । नामथर र घर बताउन नसक्ने ती महिलाको विस्तृत विवरण जानकारी नभएको लामिछानेले बताए । “बोल्न त सक्नुहुन्छ, तर आफ्नो बारेमा केही भन्न सक्नुहुन्न, बुझिएअनुसार उनको घर लमजुङ हो की भन्ने छ,” उनले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार