छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १९, २०७७ मंगलबार १:१३:२
१९ साउन, सल्यान । सल्यानमा छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिकामा भएका घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
साउन १६ गते शारदा नदीमा माछा मार्न गएका कालीमाटी गाउँपालिका–४ घुरचौर घर भएका नौ वर्षीय बालक निर्मल भण्डारीको बेपत्ता भएका थिए ।
बेपत्ता भण्डारीको शव कालीमाटी गाउँपालिका–५ मा नदी किनारमा आज फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
यस्तै दार्मा गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका–४ पुखातका ५५ वर्षीय यज्ञबहादुर विकको भीरबाट लडेर मृत्यु भएको हो ।
आइतबार साँझ घरदेखि ५०० मिटर टाढा भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
बैशाख ६, २०८१ बिहिबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार