मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन
नेपालबहस संवाददाता
साउन १९, २०७७ मंगलबार ३:२४:८
१९ साउन, काठमाडौं । कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।
मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार आज एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा रु एक अर्ब ५० करोड लगानी गर्ने भएको छ । आयोजनाको कूल लागत रु चार अर्ब ४८ करोड रहेको छ ।
वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरे । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोष, प्रभु बैंक र एनआइसी एशिया बैंकले समान रुपमा रु ५०÷५० करोड लगानी गर्नेछन् । बाँकी रहने लगानी भने प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ ।
प्रवद्र्धक कम्पनीका अनुसार आगामी तीन वर्षभित्र आयोजनाले विद्युत् उतपादन गर्नेछ । उत्पादित विद्युत् १९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मादी सवस्टेशनमा जोडिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार