एक वर्षदेखि खानेपानी अवरुद्ध
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १५:१:५४
२० साउन, सङ्खुवासभा । बृहत् मांसीमा खानेपानी आयोजना अवरुद्ध भएको एक वर्षभन्दा बढी भएको छ । सदरमुकाम खाँदबारीको खानेपानीको समस्या हटाउन विसं २०७० मा मांसीमा खानेपानी आयोजनाको काम शुरु भएको हो । मांसीमा खानेपानी आयोजना हस्तान्तरण भएको दुई महिनामै बन्द भएको थियो ।
खानेपानी आयोजनाले पाँचपटक म्याद थप गरेर निर्माण कम्पनीले २०७४ पुसमा निर्माण सम्पन्न गरेर २०७६ जेठमा आयोजना हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको दुई महिनापछिबाट खानेपानी आयोजना सञ्चालन हुन नसकेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
रु ४५ करोड एक लाख ५५ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको पानी उपभोक्ताले भने पाउन सकेका छैनन् । सिनोटिक एण्ड आशिष कम्पनीले योजना सम्पन्न गरेर हस्तान्तरण गरेको दुई महिना नबित्दै सडकमा बिछ्याइएको पाइप पूर्णरूपमा काम नलाग्ने भएपछि खानेपानी आपूर्ति सञ्चालन हुन नसकेको खानेपानीका प्रमुख श्रेष्ठले बताए । निर्माण कम्पनीले २०७४ पुसमा योजना सम्पन्न गरे पनि मर्मतसम्भारसहितको काम दुई चरणमा पूरा गरी दुई वर्षपछि २०७६ जेठमा हस्तान्तरण गरेको थियो ।
सदरमुकाम खाँदबारीको खानेपानी अभाव अन्त्य गर्न ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसीबाट पानी ल्याइएको थियो । खाँदबारी–४ अरुणथानबाट कुवापानी ट्रिटमेण्ट प्लाण्ट ट्याङ्की हुँदै देउरालीसम्मको सडकमा रहेको करिब २५ किलोमिटर क्षेत्रको मुख्य पाइप पूर्णरूपमा काम नलाग्ने भएकाले खानेपानी अवरुद्ध भएको हो । सडकमा विस्तार भएको पाइप फेर्दा ठूलो मात्रामा खर्च लाग्ने भएकाले खर्च अभावमा पाइप मर्मत गर्न नसकिएको खानेपानीका प्रमुख श्रेष्ठले बताए ।
किमाथाङ्का–खाँदबारी सडकखण्डमा पाइप विस्तार गरिएकाले समस्या भएको हो । यस सडकखण्डमा बेलाबेला सडक चौडा पार्ने र मर्मतकार्य भइरहेको छ । यस सडकखण्डमा काम गरिरहेको उत्तरदक्षिण कोशी सडक आयोजना कार्यालयले पटक–पटक सडकमा पाइप नराख्न भने पनि खानेपानी आयोनाले त्यसलाई बेवस्ता गर्दै मुख्य सडकमै पाइप विस्तार गरेको थियो ।
खानेपानी सञ्चालन हुन नसक्दा खाँदबारी नगरपालिका–१ देखि ९ वडाका विभिन्न स्थान, चिचिला गाउँपालिकाको चिचिलाबजार क्षेत्र र कुवापानीसहितका तीन हजार ५०० घरधुरी खानेपानीबाट वञ्चित हुनुपरेको छ । खानेपानी वर्ष दिनसम्म बन्द रहँदासमेत यसमा सम्बन्धित पक्षको ध्यान पुग्न नसकोको उपभोक्ताको गुनासो छ ।
खानेपानी संस्थाले जडान शुल्कवापत उपभोक्ताबाट अग्रिमरूपमा रु दुई करोड ५० लाखभन्दा बढी रकम उठाए पनि पानी खान नपाउँदा स्थानीयवासी आक्रोशित छन् । गलत डिजाइन र गलत परामर्शका कारण सडकमा पाइप लाइन विस्तार गरिएकाले अहिले यस्तो समस्या आएको खानेपानी संस्थाका अध्यक्ष नरेन्द्र राईले बताए ।
पाइप सडकमा बिछ्याउने काम नै गलत भएकाले अहिले पानी वितरण गर्न नसकिएको अध्यक्ष राईले बताए । दाताको सहयोगबिना संस्थाले पाइप मर्मत गरी पानी वितरण गर्न नसक्ने उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार