जातीय विभेद तथा छुवाछूतविरुद्ध संयुक्त जागरण अभियान
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १५:१७:२६
२० साउन, काठमाडौं । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि खोटाङका दलित तथा पिछडिएका समुदायले संयुक्त जागरण अभियान शुरु गरेका छन् । नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत भेदभाव गर्न नहुने’ व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै संयुक्त सङ्घर्ष समितिले जागरण अभियान शुरु गरेको हो ।
जिल्लाका दलित सङ्घ सङ्गठन तथा नेपाल आदिवासी जनजाति महासङ्घ सम्बद्ध व्यक्ति सम्मिलित संयुक्त सङ्घर्ष समितिले पत्रकार सम्मेलन गर्दै ‘सबै मानिस एउटै हुन्छ, जातीय छुवाछूत गर्नु भनेको सामाजिक अपराध हो’ भन्ने जागरण अभियानलाई जिल्लाव्यापी हुँदै देशव्यापी बनाउने तयारी गरिएको जानकारी दिएको छ ।
जाजरकोटका नवराज विश्वकर्मासहित छ युवाको सामूहिक हत्यामा सङ्लग्न दोषीलाई कारवाहीको माग गर्दै बनाइएको सङ्घर्ष समितिले पछिल्लो समय आफ्नो सङ्घर्षका कार्यक्रमलाई जातीय विभेदका विरुद्ध परिवर्तन गरेको हो ।
छुवाछूतविरुद्धको जागरण अभियानलाई सशक्त बनाउन आगामी असोज १५ गतेसम्ममा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरीय सङ्घर्ष समिति गठन गर्ने, असोज २५ गते जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने, कात्तिक २२ गते अन्तरपार्टी छलफल तथा अन्तक्र्रिया गर्ने, मङ्सिर १३ गते पालिकास्तरीय समितिसँग अन्तक्र्रिया गर्ने कार्यतालिका बनाइएको समितिका संयोजक दीपक ठटालले बताए ।
यस्तै पुस २ गते जिल्लाका सबै वडामा एकै दिन वडा सङ्घर्ष समिति गठन गर्ने, पुस र माघ मसान्तसम्ममा पालिकास्तरमा प्रशिक्षण, तालिम, गोष्ठी, अन्तक्र्रिया गर्ने, फागुन १ गतेदेखि मसान्तसम्ममा मार्चपास, मसाल जुलुस, खुला आमसभा गर्नेलगायतका विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम निर्धारण गरिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । चैतभरि अभियानको समीक्षा गर्ने र आगामी कार्यक्रमको तयारी गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
अनामनगर मैतिदेवी क्षेत्रमा ५ बजेसम्म विद्युत अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार