मेरो आयू पनि डा. गोविन्द के.सी.लाई लागोस
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १८:१:३१
♦ यज्ञप्रसाद भट्टराई
नेपाली आकाशमा कुनै कुनै समयमा यस्ता महामानव, पुरुषार्थ तथा त्यागी व्यक्तिहरुले पनि जन्म लिएका उदाहरणहरु हामी इतिहास र वर्तमानमा पढन, सुन्न र देख्न पाईन्छ । यस्तै इतिहास बोकेका र जिउँदो भगवानका रुपमा देखिएका महामानव हुन डा. गोविन्द के.सी. । उनले नेपाली जनतालाई लगाएको गुनको मुल्य अहिल्यै तिर्न सकिने अवस्था पनि छैन । जीवनभरको कमाई नेपाली जनताको सेवामै खर्चिएका डा. के.सी. अहिले पनि देशको कुना कन्दरामा रहेका गरिब नेपाली जनताको घाउमा मल्हम लगाईरहेका छन् ।
देशको स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति र राजनीतिक नेतृत्वको अकर्मण्यताका कारण देशको स्वास्थ्य क्षेत्र दिनानुदिन ओरालो लागिरहेको छ । देशको राजनीतिक नेतृत्वले देशको द्रुततर विकास र जनताका जनजिविकाका सवालमा ध्यान दिन नसक्दा अवस्था झनै बिकराल बन्दै गैरहेको छ । अन्य क्षेत्रको तुलनामा स्वास्थ्य क्षेत्रमा अहिले धेरै नै विकृति र बिसंगतिहरु बढेर गैरहेका छन् । जनताको प्रत्यक्ष जीवनसँग जोडिएका स्वास्थ्य सामाग्री खरिदमा सिंगो सरकार बदनाम भएको छ । जनतामा सरकारप्रतिको आशामा तुषारापात परिरहेको छ । कोरोना माहामारीमा सरकारको फितलो उपस्थितिले जनताले देशमा सरकार भएको आभाष समेत गुमाउँदै गैरहेका छन् ।
देशले स्वास्थ्यका क्षेत्रमा यस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने पहिल्यै बुझेका डा. गोविन्द के.सी.ले निजी अस्पतालहरुले जनतालाई कुनैपनि बेला धोका दिन सक्छन् भनेर यसअघि नै पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आईरहेकै थिए । निजी अस्पातालहरुले महङ्गो शुल्क लिएर नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्नसक्ने अवस्था बुझेका के.सी.ले यिनै निजी स्वास्थ्य संस्थाहरुले सरकारको निर्देशन र निगरानीबाट बाहिर गएर आफु खुशी निर्णय गर्दै जनताका नजरमा गिर्न समेत पछि पर्दैनन् र यसको परिणाम जनतामा स्वास्थ्य संस्थाप्रति नकारात्मक प्रभाव बढेर जाने कुराको बारेमा सरकारलाई सुझाएकै पनि हुन । यिनै कुराहरुलाई मध्यनजर गर्दै हरेक प्रदेशमा मेडिकल कलेज र सरकारको पूर्ण स्वामित्व भएको सरकारी अस्पतालको माग गर्दै पटकपटक आमरण अनसन र सत्याग्रहसम्म गरेका थिए ।
जताबाट भएपनि जनता लुटन मात्र पल्किएको नेपालको भ्रष्ट राजनीतिक नेतृत्वले उ बेला डा. के.सी.लाई चिन्नै सकेन । मेडिकल माफियाको चक्रब्यूहमा र मार्सी चामलको गन्धमा फँसेको सरकारले अपराधी सोच भएका निजी स्वास्थ्य स्वास्थ्य संस्थाहरुको चक्रब्यूह तोडेर बाहिर निस्कनै चाहेन । यो देशका बहुसंख्यक नागरिकहरु गरिबीको रेखामुनी रहेकोले सरकारी अस्पतालहरुको संख्या धेरै चाहिन्छ । निजी अस्पताललाई कडा निगरानीमा राख्न सक्यो भने मात्र नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउँछन् भन्दा डा. के.सी.लाई पागलको संज्ञा दिने नरपिसाचहरु नै अहिले स्कूल, कलेज र सार्वजनिक भवनहरुलाई क्वारेन्टाईन बनाउन हारगुहार गरिरहेका छन् ।
नेपाली नागरिकहरु सरकारी क्षेत्रबाट सामान्य स्वास्थ्य सेवासम्म नपाई अकालमै मरिरहेका छन् । अहिले सरकार यति लाचार बनेको छ कि नागरिकको लास गन्दै बिदेशी मुलुकसँग औषत मृत्यू निकाल्न मै तल्लिन रहेको छ । अनुदानमा आएको औषधि समेत बिलभपाई बनाएर खर्च लेख्न लालायित वर्तमान सरकारप्रति मर्ने बेलामा सरकारले नागरिकको औषधि उपचार गरिदेला भन्ने झिनो आशा पनि मरिसकेको छ ।
अर्थोपेडिक सर्जनका रुपमा लामो समय सरकारी अस्पतालमा कार्यरत डा. गोविन्द के.सी.ले अहिलेका सरकारी डाक्टर झै चाहेको भए निजी क्लिनिक खोलेर करोडौं रुपैयाँ कमाउन सक्थे । राजधानीमा घर घडेरी र सवारी साधन जोडन सक्थे । तर हाम्रो युगको कृष्ण अवतारका रुपमा जन्म लिएका नामै गोविन्दले नत कुनै घर घडेरी जोडे नत कुनै सम्पत्ति नै । जोडे त केवल दुःखी नेपालीको आत्मैदेखिको माया र बोक्नै नसक्ने गरिको समर्थन । तोडे त केवल भ्रष्ट सरकार र अस्तब्यस्त स्वास्थ्य सेवा सञ्चालन गरेर ब्रम्हलुट मच्चाईरहेका जनतामारा व्यापारीहरुको अभिमान ।
स्वाभिमानी डा. के.सी.को जीवनी पढदा पनि हरेक नेपालीको आँखा रसाउँछन् । हरेक नेपाली उनीप्रति भावनात्मक समर्थनका पुष्पगुच्छा बर्साउँछन् । त्यहि भएर त अहिले पनि हरेक नेपाली डा. के.सी.लाई आफ्नै आँखा भित्रै अटाउँछन् । त्यसैले त अहिले पनि डा. के.सी.राज्यको कहिल्यै आँखा पर्न नसकेको हुम्ला, जुम्ला, कालिकोट, दार्चुला र ओलाङ्गचुङ्गगोला पुगेर जनतामा बाँच्ने आशा जगाईरहेका छन् । यिनै स्वाभिमानी देशभक्त जिउँदो भगवानबाट आम नेपाली नागरिक अझै पनि आशा, भरोषा र निस्वार्थ सेवाको चाहना गरिरहेका छन् ।
जसले सिंगो मुलुकलाई आफ्नै प्यारो घर बनायो, जसले तमाम नेपालीहरुलाई आफ्नै परिवारको सदस्य बनायो, उनै भगवानका स्वरुप के.सी.प्रति मेरो पनि हृदयदेखि नै सम्मानका सयपत्री फुलहरुका पुष्पगुच्छा अर्पण गर्न चाहान्छु । कुनैपनि समय नझुक्ने नेपाली स्वाभिमानी शिर झुकाएर हार्दिक नमन गर्न चाहान्छु ।
अझै धेरै बर्ष बाँच डा. के.सी.,तिम्रो स्वाभिमानले नेपालीलाई अझै धेरै ज्यून सिकाएको छ । तिम्रो स्वाभिमानले नेपाली हुनुको महत्व वढाएको छ । डा. के.सी.को स्वाभिमानका अगाडि देशका बडेमानका राजनीतिज्ञहरुको मुन्टो लाजले झुकाएको छ । मेरो आयू पनि यिनै देशभक्त, राष्ट्रप्रेमी र नेपाली जनजनका स्वाभिमानका धरोहर डा. गोविन्द के.सी.लाई लागोस !!
जय स्वाभिमान, जय नेपाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
सरकार र निजी क्षेत्रका दुई मुख : अर्थतन्त्रमा समस्या छ भनेर समाधान खोज्ने कि छैन भनेर ?
बैशाख ४, २०८१ मंगलबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार