वाग्मती प्रदेशमा प्रहरी भवन निर्माण शुरु
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १८:३९:३८
२० साउन, वाग्मती । वाग्मती प्रदेशका प्रहरी भवन निर्माण योजनाअन्तर्गत रु ३१ करोडको लागतमा हेटौँडामा वाग्मती प्रदेश प्रहरी कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । कार्यालय भवन साढे चार तलाको १२२ कोठाको सुविधासम्पन्न हुने जनाइएको छ ।
कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त लामाले तीन वर्षमा सम्पन्न गरिने उक्त भवनको निर्माण ठेक्कामार्फत गरिने जानकारी दिए । हाल त्यहाँको भवन जीर्ण भइसकेको छ । भवन निर्माण वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण भइरहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार प्रदेशअन्तर्गत करीब तीन दर्जन प्रहरी भवन निर्माण भइरहेको छ । कतिपय स्थानमा निर्माण भइरहेको तथा कतिपय स्थानमा प्रक्रिया अगाडि बढाइएको छ । गोरखा भूकम्पले क्षतिग्रस्त र जीर्ण तथा प्रहरी भवन नभएको स्थानमा भवन निर्माण भइरहेको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालयले प्रहरीलाई अनुशासित गराउन विशेष अभियान शुरु गरेको छ । घुस लिने र दिने दुवैलाई कारवाही गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए । साथै अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार