पीसीआर परीक्षण गराउँदा परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १९:१७:४०
२० साउन सप्तरी । कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने–“कन्ट्याक्ट ट्रेसिङ्ग र ट्र्याकिङ्गका आधारमा स्थानीय तहले सङ्कलन गरी दिएको विवरणमा कतिपयको नाम, उमेर झुटो लेखाएको पाएपछि परिचयपत्र खोज्न थालिएको हो ।” सर्वसाधारण युवादेखि कर्मचारी समेतले झुटो विवरण लेखाएको पाइएको कार्यालयले जनाएको छ । यादवले थपे , “सम्भवतः आफूबाहेक अरु कसैले पनि जानकारी नपाओस् भनेर करिब चार÷पाँचजनाले अर्कै नाम र ठेगाना लेखाएर स्वाब सङ्कलन गराएकामा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएकाले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो ।”
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको बैठकमा यस विषयबारे छलफल भएको र नाम, ठेगानासहितको विवरण सङ्कलन गर्ने स्थानीय तहलाई यसबारे जानकारी गराइएको यादवले बताए । झुटो विवरण लेखाउने सबै व्यक्ति हाल सम्पर्कमा आइसकेको पनि उनले जानकारी दिए ।पीसीआर परीक्षणमा पोजेटिभ पुष्टि भएका व्यक्तिको नाम, ठेगाना नै फरक परेपछि खोजी गर्न समय लागेको यादवले बताए ।
सङ्क्रमितको सम्पर्कका व्यक्तिमा छिटो पुगेर अवस्था पत्ता लगाउन विश्वास गरेर कसैको परिचयपत्र नमाग्ने गरिएकामा केही व्यक्तिका कारण उनीहरुको खोजीमा धेरै समय खर्चिनु परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए ।
सङ्कटका बेला प्राप्त साधन, स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बेलामा सही विवरण नदिएर पीसीआर जचाउन आउनेका कारण स्रोत र साधनको दुरुपयोग भएको उनको भनाइ छ । राजविराज नगरपालिका–६ र तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका सङ्क्रमितको सम्पर्कका रहेका व्यक्तिमा गरिएको परीक्षणपछि सप्तरी जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सप्तरीका ५१ जना सङ्क्रमित पुष्टि गरेको छ । यसमध्ये तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २५ जना र राजविराज नगरपालिकाको विभिन्न वडाका २० जना रहेका छन् । त्यसपछि नयाँ थप भएका सातजना सङ्क्रमित सबै राजविराज नगरपालिकाका हुन् । थप भएका सात जनाको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ५३१ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमण विस्तार हुन नदिन यही साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो । रोगको सङ्क्रमण बढ्न थालेपछि आज बिहान ५ बजेदेखि आगामी सोमबार साँझ ५ बजेसम्मका लागि सप्तरी जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताएका छन् । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार