अनलाइन चित्रकला प्रतियोगिता शुरु
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार २१:५९:५
२० साउन, काठमाडौं । समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सामेल विद्यार्थीहरु भाग लिन पाउने गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी विद्यार्थीले नेपालको संस्कृतिलाई विषय बनाई चित्र कोरेर पठाउन सक्नेछन् । चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई रु १० हजार नगद पुरस्कारको प्रदान गरिने जनाइएको छ ।
दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने बालचित्रकारहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समृद्धि विद्यालयका प्राचार्य नरेशप्रसाद श्रेष्ठले बताए । प्रतियोगितामा उत्कृष्ट ३० चित्रलाई जनजीवन समान्य भएपछि पाटन सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने कार्यक्रम संयोजक अजय देशारले जानकारी दिए ।
इमेलमार्फत चित्र पठाउनुपर्ने र उक्त चित्र मौलिक हुनुपर्ने, पठाइएको चित्रमा ग्राफिक्स गरिए वा कुनै प्रतियोगितामा भाग लिइएका चित्रहरु भए स्वतः प्रतियोगी बाहिरिने आयोजकले जनाएको छ । देशभरका प्रतियोगीले आफ्ना चित्र आगामी साउन २५ गतेभित्र पठाउने सक्ने कार्यक्रम निर्देशक इन्युजपाना डटकमका सम्पादक बालमुकुन्द आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार