थप २५९ जनालाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार २२:२२:४७
२० साउन, काठमाडौं । नेपालमा थप २५९ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो चौबिस घण्टामा थप २ सय ५९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् ।
पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुरमा १३, धनुषामा १३, सुनसरीका १२, अछाममा एक, बाँकेमा एक, रुपन्देहीमा ९, झापामा ८, सप्तरीमा ७, बारामा ७, रौतहटमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गुल्मीका ५, सल्यानका ३, इलाममा दुई, सिरहामा दुई, कपिलवस्तुमा दुई, कास्कीमा दुई, ललितपुरमा एक, धनुषामा एक, बझाङमा एक, पर्सामा एक, तनहुँमा एक, चितवनमा एक, लमजुङमा एक, पर्वतमा एक जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय संक्रमण बढ्दै जान थालेपछि लकडाउन वा कर्फ्यु लगाउनेतर्फ सरकारले विज्ञहरुसँग परामर्श गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार