प्रचण्ड–ओली सहमति प्रयास असफल !
नेपालबहस संवाददाता
साउन २०, २०७७ बुधबार २:४९:१७
२० साउन, काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चार घण्टा छलफल भएको छ । नेकपाभित्रको आन्तरिक विवाद मिलाउन केन्द्रित भनिएको छलफल लगानी बोर्डको सीईओ नियुक्तीको विषयसम्म पुगेपनि टुंगोमा पुग्न असफल रह्यो ।
प्रचण्डले सरकारको निर्णयमा प्रश्न गर्दा ओलीले प्रतिवाद गर्दा सहमति हुनुको साटो सहमति प्रयास नै असफल भएको छ । छलफलमा यसअघिजस्तै गरी वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी थिए। तर चार नेताबीचको छलफल आज पनि टुंगोमा पुग्न सकेन । भोलि फेरि बस्ने गरी छलफल टुंगिएको नेताहरुले बताएका छन् ।
पछिल्लो छलफलमा ओलीले विवाद मिलाउन सचिवालय बैठक बस्नुपर्नेमा जोड दिएका छन् । उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो गुटमा ल्याउन सफल भएपछि ओलीले प्रचण्डलाई सचिवालय बैठकमा जोड दिएका हुन् ।
तर प्रचण्डले भने पार्टी र सरकारका काम कारबाहीबारे जनस्तरमा प्रश्न उठेकाले स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बस्नुपर्ने बताउदैँ आएका छन् । प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि स्थायी कमिटी बैठक स्थगित छ । त्यसयता ओलीले बैठक स्थगित गर्दै आएपनि प्रचण्डले एकपटक बैठक बोलाएर सञ्चालन गरेका थिए ।
त्यतिबेलादेखि झन उत्कर्षमा पुगेको अध्यक्षद्धयको विवाद मिल्न नसक्दा नेकपा आन्तरिक संकटबाट गुज्रदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार