पर्यटकीय लेक घुम्टे चढ्न नयाँ पदमार्ग
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १२:४९:२२
२१ साउन ,बागलुङ । पर्यटकीय लेक घुम्टे चढ्न नयाँ पदमार्ग निर्माणको काम भइरहेको छ । गलकोट नगरपालिका–७ मल्मस्थित भीमसेन ढुङ्गादेखि नाच्नेडाँडा–राम्चेढुङ्गा हुँदै घुम्टेसम्म पदमार्ग जोडिनेछ । यसको दूरी झण्डै १० किमी छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु २० लाख बजेटबाट डेढ वर्षअघि निर्माणको काम थालिएको थियो । गत आवमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको छ । पदमार्ग निर्माणलाई दुई खण्डमा बाँडिएको छ । पहिलो भीमसेन ढुङ्गाबाट राम्चेढुङ्गासम्म छ । राम्चेढुङ्गाबाट तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । पहिलो वर्ष दुवै खण्डमा रु १०/१० लाख बराबरको काम भएको थियो ।
गत आवमा भने दोस्रो खण्डलाई मात्र बजेट आयो । पर्यटन मन्त्रालयबाट प्राप्त रु १० लाखबाट ७०० मिटर पदमार्ग विस्तार गरिएको छ । “१०४ मिटर रेलिङ पनि लगाइएको छ”, निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले भने, “दैनिक ४५/५० जना खटेर महिना दिन लगालग काम ग¥र्यौँ ।”
स्थानीयवासीले ११ प्रतिशत श्रमदानसमेत गरेका थिए । अध्यक्ष थापाका अनुसार अघिल्लो वर्ष अजिराखर्कबाट गोठाल्नेसम्म ४०० मिटर पदमार्ग बनाइएको थियो । यो वर्ष गोठाल्नेबाट ठूलोसम्ममा पदमार्ग जोडिएको छ । ठूलोसम्मबाट तल्लो घुम्टेको देउराली जोड्न अब करिब दुई किमी दूरी बाँकी छ । देउराली पुगेपछि भने अर्को पदमार्ग भेटिन्छ । “जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेका छौँ”, अध्यक्ष थापाले भने।
तल्लो खण्डमा भने गत वर्ष आँगाखेतबाट तल्लो सिरबारेसम्म ५०० मिटर पदमार्ग निर्माण भएको छ । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । आगामी दुई वर्षभित्र पदमार्ग बनाइसक्ने लक्ष्य लिइएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए। “प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ”, उनले भने, “वडाले मात्र गर्न सक्ने योजना नभएकाले माथिबाटै बजेट ल्याउन पहल भइरहेको छ ।” पदमार्गमा रु एक करोड खर्च हुने अनुमान छ ।
पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ग्रामीण पर्यटनको उत्थानमा पदमार्गले सहयोग पु¥याउने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे जिल्लाकै उदाउँदो पर्यटकीय गन्तव्यमा पर्छ ।
गण्डकी प्रदेशका १०० पर्यटकीय गन्तव्यको सूचीमा पनि घुम्टे समावेश छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ । दश हजार ३९३ फिट उचाइमा अवस्थित घुम्टेको लेक प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । घुम्टेको चुचुरोमा सिद्ध र भैरवको मन्दिर छ । बर्सेनि वैशाखे पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्छ । सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ ।
प्राकृतिक सुन्दरता, हिमाली पृष्ठभूमिमा सूर्योदय, सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जङ्गल आदि घुम्टेका सौन्दर्य हुन् । यसअघि गलकोट नगरपालिका–५ हरिचौर, १० पाण्डवखानीबाट घुम्टे जोड्ने पदमार्ग बनिसकेको छ । यस्तै ताराखोला गाउँपालिका–३ हिलबाट पनि सजिलै घुम्टे चढ्न सकिन्छ । गलकोट नगरपालिका–७ मल्मबाट जोडिन लागेको पदमार्ग सबैभन्दा छोटो हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार