वीरगञ्जमा कोरोनाले एक पुरुषको मृत्यु
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १७:३८:३
२१ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यससँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाृउनेको संख्या १७ पुगेको छ । नेपालमा भने यससँगै कोरोनाले मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी , ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । यसअघि सोमबार राती मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया किशोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय कोरोनाले ज्यान गुमाउनेमा पर्साका धेरै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
बैशाख ६, २०८१ बिहिबार