सप्तरीमा शंकास्पद तीन पुरुषको उपचारको क्रममा मृत्यु
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १९:८:११
◊ धीरुभाइ
२१ साउन, सप्तरी । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तीन जना पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृतकहरुमा कोरोना संक्रमणको आशंका गरेको छ । डेढ महिना अघि बैदेशिक रोजगारबाट घर आइपुगेका जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर ५ गढियाका ४५ वर्षीय पुरुषमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिपछि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।
अवस्था गम्भिर बन्दै जाँदा थप उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान पुगेपछि उनको मृत्यु भएको वडा अध्यक्ष जगदिश दासले बताए । उनको शव परिवारजनले घरमा ल्याएर संस्कार गर्न लाग्दा पीसीआर परीक्षणको लागि स्वाब लिन रोकेको उनले बताए ।
त्यस्तै राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचाररत डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको छ । गत १५ गते अस्पताल भर्ना भएका दुबै जनाको गएराती मृत्यु भएको छ ।
कोरोनाको आशंका गरिएका मृतकहरुको पीसीआर परीक्षणको लागि स्वाब लिने कार्य भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए । तीनै जनाको स्वाब संकलन भएपछि मात्र संस्कार गर्न दिइने उनले भने स्वाब संकलनको लागि स्वास्थ्यकर्मी टोली पठाइसकेको छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार