भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १९:५१:२६
२१ साउन, एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ७९५ जना पुगेको छ ।
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६।३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी शहरसमेत रहेको दिल्ली राज्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार