सुस्तामा विपद् व्यवस्थापनको पूर्वाभ्यास
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार २१:७:४९
२१ साउन, परासी । गाउँमा बाढी पसेपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे ।
तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली मोटरबोटमा आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेर बाढीमा फसेकालाई उद्धार गर्ने, उद्धार गरिएका व्यक्तिलाई सुरक्षितस्थलमा पु¥याउने र घाइतेलाई अस्पताल पु¥याउने कार्यमा खटिएको छ । उद्धार टोलीले प्राथमिकताको आधारमा मानिस, पशुपन्छी र महत्वपूर्ण वस्तु उद्धार गरी सुरक्षित स्थामा पु¥याएका छन् ।
उद्धार गरिएका व्यक्तिलाई रेडक्रसका स्वयंसेवकले प्राथमिक उपचार गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको छ । त्यसैबखत सुस्तामा आगलागी पनि भएको खबर आएपछि नेपाली सेना र प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएर पीडितको उद्धार गरेका छन् । डुबान र आगलागीबाट पीडित व्यक्ति तथा घाइतेको उपचार, व्यवस्थापन र राहत वितरणमा सुरक्षाकर्मी, रेडक्रसकर्मी तथा विभिन्न सङ्घसंस्था खटिएका छन् ।
यो घटना वास्तविक नभई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि गरिएको नाटकीय अभ्यास हो । जिल्ला विपद् व्यवस्थापन समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को आयोजनामा सम्भावित विपद् जोखिम नियन्त्रणका लागि पूर्वतयारीस्वरुप नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरुपमा पूर्वअभ्यास गरेको हो ।
सोही क्रममा नेपाली सेनाको विपद् व्यवस्थापन गणसँगको समन्वयमा कालीध्वज गण परासीले भूकम्पबाट भत्किएको संरचनाबाट गरिने खोज तथा उद्धारको पनि अभ्यास गरेको थियो । यस प्रकारको संयुक्त अभ्यासले प्राकृतिक विपद्को बेला छोटो समयभित्र उद्धार कार्य तथा जनधनको न्यूनतम क्षतिका लागि अपनाइने विधि, प्रयोग गर्न र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपका घटनाबाट जनधनको क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी र आवश्यक विपद् व्यवस्थापन सामग्री तयारी अवस्थामा राखिएको प्रजिअ पाठकले बताए । जल उत्पन्न प्राकृतिक प्रकोपको हिसाबले पश्चिम नवलपरासी १७ औँ स्थानमा पर्दछ भने बाढी, डुबान, पहिरो, नदी कटान, आगलागीलगायतका प्रकोपको उच्च जोखिममा पनि पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार