राम मन्दिर निर्माणका लागि भूमि पुजन कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार २१:५७:३०
२१ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित राम मन्दिर निर्माणका लागि शिलान्याश (भूमि पुजन) कार्यक्रम सम्पन्न भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ट अथितिको उपस्थितिमा बुधवार शिलन्याश गरिएको हो। बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् ।
सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो । यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो ।
गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो । अदालतले मुस्लिक मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो ।
यससँगै भारतमा कोरोना भाइरस महामारीको बीचमा मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् । मोदीको पार्टी भारतीय जनता पार्टीका लागि राम मन्दिरको निर्माण महत्वपूर्ण प्रतिबद्धता थियो । हिन्दू राष्ट्रवादी मोदीले यसअघि राम मन्दिर निर्माणको वाचा गरेका थिए ।
अधिकारीहरुले राम मन्दिरको शिलान्यास समारोहको क्रममा कोरोना भाइरसबाट बच्नका लागि आवश्यक मापदण्ड पालना गरिएको बताएका छन् । तर, समारोहमा पुगेका मानिसहरुले मास्क लगाउने तथा भौतिक दुरीको नियम पालना नगरेको पाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतभरका भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् । उनीहरुले सिक्का, इँटा र बारको रुपमा यी बहुमूल्य धातुहरु मन्दिर निर्माणमा प्रयोग गर्न दिएका हुन् ।
टाइम्स अफ इन्डियाका अनुसार केही वर्षयता मन्दिर निर्माणको लागि भक्तहरुबाट संकलन गरिएको ‘श्री राम’ लेखिएको दुई लाख इँटा मन्दिरको आधार निर्माणको लागि प्रयोग हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार