सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार २२:१६:४८
२१ साउन लहान । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ। नयाँ दर्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले जनाएको छ ।
कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४१७ वटा, पशुपालनका ४० तथा कुखुरापालनका १५ वटा नयाँ उद्योग दर्ता भएको छ । सेवा उद्योगतर्फ होटल १०१, निर्माणका ५९, ढुवानीका ५५ वटा उद्योग दर्ता भएको छ । या सङ्ख्या आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएको भन्दा कम हो । योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ४२६ वटा, कृषि तथा वनजन्य उद्योग एक हजार ६४८ र सेवा उद्योग तीन हजार ६३३ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या छ हजार ५५७ पुगेको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दिपेन्द्रकुमार यादवले जानकारी दिए । नयाँ उद्योग दर्ताबाट रु ४० लाख २९ हजार १०० राजस्व सङ्कलन भएको छ ।
गत आव २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग उद्योग दर्ता भएको थियो । यसमध्ये उत्पादनमूलक उद्योग १९१ वटा, सेवामूलक उद्योग ७४० वटा र कृषि तथा वनजन्य उद्योग ५५८ गरी एक हजार ४९१ वटा नयाँ दर्ता भएको थियो । बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहजरुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै सिरहामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको प्रमुख यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार