आजदेखि नुवाकोटको विदुरमा निषेधाज्ञा
नेपालबहस संवाददाता
साउन २१, २०७७ बिहिबार ३:४४:२८
२१ साउन, त्रिशूली । कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा आजदेखि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशअनुसार आज साँझ ६ बजेदेखि नै अनिश्चित समयका लागि निषेधाज्ञा लगाइएको हो ।
आदेशमा निषेधाज्ञा तथा बन्दाबन्दी भन्ने शब्द उल्लेख नगरे पनि यसअघि कायम गरिएको सरहको बन्दाबन्दी हुने गरेर कोरोना रोग नियन्त्रणका लागि आदेश जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
उनका अनुसार आजदेखि लागू हुने गरेर विदुर नगरपालिकाभित्रको सबै स्थानमा पास भएका तथा अतिआवश्यकबाहेकका यात्रुबाहकसहित सार्वजनिक यातायातका साधन सबै बन्द गरिने, क्वारेन्टाइन तोकिएका बाहेकका सबै होटल तथा रेस्टुरेन्ट बन्द हुने, भेला सम्मेलन, धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्य अर्को निर्णय नभएसम्म रोक लगाउने निर्णय गरिएको छ ।
यसैगरी भोलि बिहीबारदेखि लागू हुने गरेर नगर क्षेत्रभित्रका सरकारी र गैरसरकारी कार्यालयले प्रवाह गर्ने अतिआवश्यकबाहेक अरु नियमित सेवा प्रभावित हुने र प्रवाह गर्ने सेवामा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर प्रवाह गर्नुपर्ने आदेशमा भनिएको छ ।
विदुर नगरपालिकाको आग्रहमा प्रजिअले जारी गरेको आदेशको कार्यान्वयन, कार्यालयको सेवा प्रवाह प्रदेश सङ्घीय सरकार मातहतमा रहेका कार्यालयले गर्ने कटौता भने भोलिबाट लागू गर्न लागिएको छ ।
नुवाकोटमा रहेका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा लगाउन आवश्यक छलफल गर्न बिहीबार प्रशासन कार्यालयमा बैठक बोलाइएको छ । नुवाकोटमा हालसम्म ४५ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये नौ जनामा समुदायस्तरबाट रोगको सङ्क्रमण सरेको स्वास्थ्य कार्यालयको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार