कैलालीमा अनिश्चितकालीन लकडाउन
नेपालबहस संवाददाता
साउन २१, २०७७ बिहिबार ४:३:०
२१ साउन, कैलाली । कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि आज यहाँ गाउँपालिकाको अध्यक्षतामा बसेको कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
उनले यदि कोराना सङ्क्रमित बढ्दै गएको खण्डमा पूरै गाउँपालिका सिलबन्दी गर्नुपर्ने स्थिति पनि आउन सक्ने बताए । मङ्गलबार क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित भारतको पुना, मुम्बईबाट आएर बसेका अन्य चार व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको हो ।
“हामीमा पनि कोरोना सङ्क्रमण हुनसक्ने भन्ने लागिरहेको छ” प्रवक्ता चौधरीले भने, “जनप्रतिनिधिहरु क्वारेन्टाइनको व्यवस्थापनका लागि त्यहाँ गइराख्ने, स्वास्थ्यकर्मीसँग भेटघाट भइराख्ने भएकाले जनप्रतिनिधि स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुको पीसीआर टेस्ट भइरहेको छ ।”
पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा कोरोना सङ्क्रमण समुदायमै फैलिएर जुन भयावह स्थिति सिर्जना भएको छ सोही स्थिति यहाँ नआओस् भन्नका निम्ति पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीको भनाइ छ । लकडाउनका बेला अत्यवाश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न गाउँपालिकावासी सबैलाई आग्रहका निम्ति गाउँपालिकामा अहिले माइकिङ भइरहेको बताइएको छ ।
यसका साथै सामाजिक दूरी कायम गर्न, सबैलाई मास्क लगाउन, सरसफाइलगायतका क्रियाकलापमा ध्यान दिन पनि आग्रह गरिएको छ । वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा काम गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि खोजी कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार