पर्सामा नेपाली सेनाका ११ जनामा संक्रमण
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार १७:३९:१८
२२ साउन, वीरगन्ज । पर्सामा ११ जना नेपाली सेनामा कार्यरत ११ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत छन् । अस्पतालका अनुसार ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् । मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका २ जनामा पनि संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका– १० अशोकवाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ वर्षीया महिला पनि छिन् ।
त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार