कांग्रेसभित्रको रस्साकस्सीमा सिटौलाको खेलोफड्को
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २०:५१:४२
२२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिंदै गर्दा परस्पर विरोधी दुई पक्षबीच अविश्वासको खाडल अझै बढ्न थालेको छ । संस्थापन पक्षले महाधिवेशन प्रभावित पार्न यतिबेला विधानविपरीत धमाधम विभाग र पदाधिकारी नियुक्त गर्न थालेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको हो । सकेसम्म पेलेरै जाने संस्थापन पक्षको दाउ भएपनि सबैतिरबाट व्यापक विरोध हुन थालेपछि असन्तुष्ट पक्षलाई समेत विश्वासमा लिन पहल थालिएको छ ।
यसका लागि सभापति शेरबहादुर देउवाले आझ बिहान आफ्नो निवासमा संस्थापन इतर पक्षका रामचन्द्र पौडेललगायतलाई बोलाएर मनाउने प्रयास गरेका छन् । तर पौडेल पक्षले अहिले आएर विधान विपरित विभाग गठन गुर्न राजनीतिक बेइमानी मात्र नभई विधिविधानको समेत ठाडो उल्लघंन भएको भन्दै चर्काे विरोध गरेका छन् । आगामी फागुन ७ देखि १० गतेसम्म राजधानीमा गर्ने भनिएको महाधिवेशनमा देउवा पौडेल लगायत कृष्णप्रसाद सिटौलाको गुट सक्रिय छ ।
देउवा दोस्रो कार्यकालका लागि पार्टी सभापति बन्न लालयित छन् । त्यसको लागि उनले सबैखाले तारतम्य मिलाइसकेका छन् । त्यसैको एउटा श्रृंखला मात्र हो अहिलेको विभाग गठन र मनोनयन । उता, पौडेल समूह पनि अब देउवाबाट पार्टीको लगाम फुत्काउने अन्तिम कसरतमा जुटेका छन् । उनी देउवालाई पछारेर सभापति बन्न चाहन्छन् । त्यसका लागि उनले अनामनगरमा सम्पर्क कार्यालय नै स्थापना गरी गतिविधि अगाडि बढाइरहेका छन् । तर आफ्नै समूहबाट उनी सर्वसम्मत हुने अवस्था भने अहिलेसम्म तयार भएको छैन । बरु पार्टी महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला मात्र होइन प्रकाशमान सिंह र अर्जुननरसिंह केसी समेत सभापतिका आकाँक्षी देखिएका छन् ।
उनीहरुलाई व्यवस्थापन गरेर एक्लो उम्मेदवार बन्न पौडेललाई हम्मेहम्मे नै छ । यद्यपि पौडेलले हरेश खाएका भने छैनन् ।उनी भन्छन् – अन्ततः हाम्रो पक्षबाट म नै सर्वसम्मत उम्मेदवार हुने हो । त्यसैले अब भने देउवाको पराजय निश्चित छ । हुन पनि देउवाको हातमा पार्टीको लगाम आएपछि ठूलो क्षति ब्यहोर्नुपरेको छ । त्यसैले आम कार्यकर्ताको चाहना देउवाको विकल्प खोजिनुपर्ने नै देखिन्छ । तर देउवाको विकल्पमा पौडेल हुने कुरामा भने धेरैको मत विभाजित छ ।
नेपाली कांग्रेसलाई अब जुझारु र जाँगरिलो नेताको आवश्यकता छ । यसका लागि युवा पुस्ताको नेतृत्व प्रभावकारी हुने धेरैको बुझाई छ । त्यसैले देउवा र पौडेललाई पार्टीको अभिभावकका रुपमा राखेर दोस्रो वा तेस्रो पुस्ताको हातमा कांग्रेस नेतृत्व सुम्पिनुपर्ने अवस्था रहेको धेरैको बुझाई छ । आम कार्यकर्ताको सो भावनालाई यथार्थमा रुपान्तरण गर्न तेस्रो धारका रुपमा देखापरेको सिटौला समूहको भूमिका आत्मघाती देखिएको छ ।
गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाको विशेष निगाहामा एकैचोटी राष्ट्रिय राजनीतिमा उदाएका सिटौला कै कारण कांग्रेस निरन्तर कमजोर हुँदै गएको बुझाई आम कार्यकर्ताको रहेको छ । सधें भारतीय ईशारामा नाच्ने बानी परेका सिटौलाले गत तेह्रौं महाधिवेशनमा समेत पौडेल–कोइराला समुहलाई लात मार्दै देउवालाई सभापति बनाउन सघाएका थिए । त्यसैको दुर्गति अहिले कांग्रेसीजनले भोग्दै आएका छन् । दुवै गुटसँग बार्गेनिङ गर्दै आएका उनको समूह सानै रुपमा भएपनि अस्तित्वमा भने छ ।
च्यांखे दाऊमा रमाउने सिटौला समूहको सहयोग नलिइकन सभापति जित्न मुश्किल हुने दुबै पक्षको बुझाई छ । त्यसैले देउवाले बेलाबेला सिटौला फकाउने गरेका छन् । हाल विधान विपरित देउवाले गठन गरेको मनोनयनमा समेत सिटौलाको मौन सम्मतिको भूमिकालाई लिएर संस्थापन इतर पक्षमा चर्को आलोचना हुने गरेको छ । पार्टीभित्र एकअर्का बिरुद्ध खेलेर कांग्रेसलाई कमजोर बनाउने खेलोफड्कोमा लागेका सिटौलाले अहिले पनि पौडेल बाहेक कोइराला दाजुभाईका हकमा सोच्न सकिने बताएर पौडेल कोइराला गुटमा फाटो ल्याउने प्रयत्न जारी राखेका छन् । अझ डा. शेखरका लागि सिटौला भोटै माग्न अग्रसर हुने लवी तीव्र पारिएको छ । यदि पुरानो संस्थापन पक्ष एक हुने हो भने देउवाको पराजय निश्चित छ ।
यो वास्तविकताबारे पौडेल बेखर छैनन् । त्यसैले सकेसम्म आफू उम्मेदवार बन्ने, सहज नभएको अवस्थामा देउवासमेत अभिभावक बस्न तयार हुनुपर्ने शर्त राखिसकेका छन् । त्यसका लागि अझै केही समय प्रतिक्षा गर्ने पक्षमा उनी देखिएका छन् । सिटौला भने सकेसम्म डा. शेखरको टीममा आफैं महामन्त्री बन्ने दाउमा छन् ।
कदाचित त्यस्तो परिस्थिति बनेन भने उनको टीमबाट गगन थापालाई सभापतिमा उठाउने पक्षमा रहेको सिटौला निकट स्रोतको भनाई छ । कुनै पनि पक्षसँग सहमति बनेन भने हामी मैदान खाली गर्ने पक्षमा छैनाैं – सिटौला निकट स्रोत भन्छ । सबै पदमा हाम्रो उम्मेदवारी रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार