नेकपा विवाद नयाँ चरणमा: ओली सच्चिनेवाला छैनन्, अब कसरी जाने ?
इन्द्र रिजाल
साउन २२, २०७७ बिहिबार २१:३५:३२
२२ साउन, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीसँगको निरन्तर वार्ता फलदायी हुन नसकेपछि असन्तुष्ट पक्षका नेताहरु अस्ति मंगलबार साँझ वानेश्वरस्थित एक होटलमा भेला भए ।
पार्टीका कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहाल प्रचण्डले संयोजन गरेको उक्त भेलामा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । साथै, प्रचण्ड नेपाल पक्षका केही प्रभावशाली स्थायी कमिटी सदस्यसमेत सहभागी भेलाको एउटा मात्रै अजेण्डा थियो– ओली सच्चिनेवाला देखिएनन्, अब कसरी जाने ?
करिब साढे दुई घण्टा भएको छलफलको निश्कर्ष रह्यो– ओलीविरुद्ध मिडियालाई अझ सशक्त बनाउने । यसका लागि मूलधारका मिडियामा सकेसम्म ओलीलाई नंग्याउने । तर सिधैं यसो गर्दा अबगाल आइलाग्ने ठानियो । अनि तय भयो विभिन्न सञ्चारमाध्यममा काम गर्ने आफूनिकट पत्रकार बोलाएर कुरा खुलस्त राख्ने । त्यही दिन दिउँसो प्रचण्ड र खनालले ओलीसँग करिब डेढ घण्टा वार्ता गरेका थिए । तर ओली अरुको कुरै नसुन्ने आफ्नो कुरा भने लाद्ने मनस्थितिमा अटल देखिए । जसले गर्दा नेताहरु आजित भएर यस्तो भेला गरेका थिए ।
नयाँ बानेश्वरको अर्याल होटलमा चलेको सो भेलाले दिएको म्याण्डेट बमोजिम हिजो बुधबार नेताहरुले आफूनिकट पत्रकारलाई भेला गराए । त्यहाँ ओली निकट पत्रकार भने बोलाइएका थिएनन् । यसको सुइँको बालुवाटारमा पुगीसकेको थियो । त्यसैले हिजो बुधबार साँझ ५ बजेका लागि तय गरिएको ओली प्रचण्ड वार्ता एक दिन सारियो । तर हिजो नेताहरुले पत्रकार भेला गरेपछि फेरि परिस्थिति भाँडिएको छ । बालुवाटार अर्काे वार्ता गर्न त्यति उत्सुक देखिएको छैन । अझ भनौं हिजोको पत्रकारसँगको भेलाले वातावरण बिगार्ने काम गरेको छ । यद्यपि ओलीका तर्फबाट साक्षी बसेका सुभाषचन्द्र नेम्बाङ भने वार्ताको श्रृँखला फेरि जोडिने दावी गर्छन् ।
वार्ता सहमतितर्फ उन्मुख भइरहेका बेला प्रचण्डलगायत असन्तुष्ट नेताहरुले पत्रकार बोलाएर अनन्य रोदन गरेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा उनले नेताहरुप्रति विषवमन गरेका छन् । लगत्तै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुुगलले थापाको आरोपको खण्डन गरेका छन् । उक्त भेला नियोजित रुपमा नगरिएको र प्रधानमन्त्रीप्रति बैरभाव वा गालीगलौज नभएको पनि उनले दावी गरेका छन् ।
तर बालुवाटारले भने पत्रकारहरुको सो भेलालाई निको मानेको छैन । ओली निकट पत्रकार तथा प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले फेसबुुक स्टाटसमा लेखेका छन्– आफूलाई नबोलाइएको सो भेलाको टेप रेकर्ड सुनियो, सुनिसकेपछि बेकार गरिएछ जस्तो लाग्यो । उनले भेलामा ओलीलाई सत्तोसराप गरेको भन्दै क्षोभ प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओली हिजोको घटनाप्रति ज्यादै संवेदनशील हुनुभएको भन्दै प्रेस सल्लाहकार थापाले यस्तै प्रवृत्ति दोहो¥याउने हो भने अब वार्ताको औचित्य नरहेको पनि बताएका छन् ।
त्यसैले तत्कालै वार्ताको सम्भावना पनि नरहेको उनले संकेत गरेका छन् । आज बिहानै बालुवाटार पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि हिजोको भेला गैर राजनीतिक र पार्टी एकता विरोधी भन्दै आपत्ति जनाएका छन् । वालुुवाटार निकट स्रोतका अनुसार बिहान ओलीसँग भेट्ने पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र सांसद महेश बस्नेतले समेत अब पार्टी एकता कायमै राख्न मुुश्किल भएको धारणा राखेको स्रोतले बताएको छ ।
सबैका कुरा सुनेका प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार थापालाई विरोध गर्न अह्राएका थिए । लगत्तै थापाले सामाजिक सञ्जालमा रोष प्रकट गरे । बालुवाटारमा विकसित पछिल्लो घटनाक्रमले नेकपा भित्रको रडाको तत्कालै समाधान नहुने प्रष्ट संकेत गरेको छ । दुई अध्यक्षबीच प्रत्यक्ष वार्ता भइरहेका बेला पत्रकार बोलाएर अन्तर्विरोध छताछुल्ल पार्न खोज्नुको अर्थ के हो भन्दै ओली निकटहरुले प्रश्न उठाएका छन् ।
उता, असन्तुष्ट पक्ष भने पार्टी प्रणालीमा बहुमतलाई बन्धक बनाउने र नेताहरुको तेजोबध गर्ने ओलीको शैली आपत्तिजनक र गैर राजनीतिक चरित्रको भएको भन्दै चर्काे आलोचना गरिएको छ । वरिष्ठ नेता माधव नेपाल निकट एक केन्द्रीय सदस्यले भने – उहाँहरुले विधि पद्धति नमान्दा हुने ,हामीले कुरा गर्न समेत नपाउने ? यो कस्तो प्रवृत्ति हो ।
परिस्थिति काबुु बाहिर जान थालेपछि ओली निकट सुभाषचन्द्र नेम्बाङ भने थप सक्रिय भएका छन् । उनले दुबै अध्यक्षबीच जारी सम्वादले निकास दिने विश्वास लिएका छन् । त्यसैले आज बिहानै उहाँ अर्का अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानु भएको छ– निकटवर्ती स्रोतले बतायो । भेटपछि नेम्बाङ बालुवाटार पुगेका थिए । उनले प्रचण्डको सन्देश ओलीलाई सुनाएको बुझिएको छ । तर अर्काे वार्ता भने कहिले थाल्ने भन्ने चाहिं अझै स्पष्ट भइसकेको छैन ।
स्रोत भन्छ–प्रचण्डसँग सहमति हुनसक्छ, तर नेपाल र खनालको चर्काे दवाव छ । तर नेकपा भित्र देखापरेको पछिल्लो परिस्थितिले संकटको सहज निकास भने फेला पार्न मुश्किल नै देखिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार