नेपाली कांग्रेस चिशंखुगढी हिजो र आज
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार ०:२८:३४
नेपाली कांग्रेस चिशंखुगढीलाई आगामी दिनमा तर्क, छलफल र बहसमार्फत लोकतान्त्रिक समाजवादको अवधारणा कार्यान्वयन गर्नसक्ने बनाउन निरन्तर भेला, संवाद अन्तरक्रिर्यात्मक बहस आयोजना गर्न आबस्यक छ । समाज बुझेका तर सामाजवाद बुझेर या नबुझी समाजवादी आन्दोलनमा आस्था राख्ने विश्वासीहरुको अविचलित योगदानले नै आजको नेपाली कांग्रेस बाँचेको हो । नेपाली कांग्रेसको आजसम्मको इतिहासमा रैती, प्रजा, जनता हुँदै नागरिक हुँदासम्मका अबधिमा भएका सबै परिवर्तनकारी आन्दोलनका हरेक मोर्चामा लडेका योध्दाहरुको लामो सूची छ ।
जनाधिकार प्राप्तिको लागि त्याग, निष्ठा र बलिदानीपूर्ण संघर्षको कोटा चुक्ता गरेका महान शहिदहरु केशव कोइराला, महेश कोइराला, क्याप्टेन यज्ञबहादुर थापाको जन्मभूमी हुनुको नाताले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनको इतिहासमा चिशंखुगढीको गौरवपूर्ण योगदान रहेको छ । महान शहिदको जन्मभूमी र निरंकुश पंचायती ब्यबस्था बिरुद्धको आन्दोलनमा लामबद्ध हुन सतिसाल झैं उभिएर देखाएको विरता नै चिशंखुगढी काङ्ग्रेसको गौरवपुर्ण इतिहास हो ।
निरंकुशता विरुद्धको आन्दोलनमा अभयकेशर, निर्माण, ज्वालाप्रसाद कोइराला, जीवनाथ भट्टराई , उपेन्द्र भुजेल, बालाराज कार्की, उत्तरकुमार कटवाल, तीर्थ थापा, अकलनाथ भट्टराईहरुको योगदान साथै सहिद परिवारको अबिचलित आस्थाले नै हो आजपनि यो संस्था बाँचेको छ।
अब पनि चिशंखुगढीमा यो क्रान्तिको बिरासत जोगाई राख्ने हो भने पृथ्वीबहादुर कार्की, गडुलध्वज राई, यादवकुमार भट्टराई, दुर्योधन कार्की, डाकुरनाथ कोइराला, होमबहादुर कार्की, चित्र खतिवडा, रामकुमार थापा, रमेशकुमार कार्कीहरुले लोकतान्त्रिक समाजवादी आन्दोलन बारे विगत बोल्नु पर्छ । त्यसैगरि आजको नयाँ पुस्ताले समाजवादी आन्दोलन बुझ्न र सामाजिक जीवनमा अनि निजी व्यवहारमा प्रयोग गर्न आवश्यक छ।
यसका लागि आज चिशंखुगढी भित्र जिम्मेवारीका हिसाबले प्रकाश, गंगा, काजीमान, हिरालक्ष्मी, याङ्जी, सन्तोस, राजकुमार, ईश्वरकृष्ण, गोपालमान, बलराम, नवीन, गोबिन्द र लोकबहादुरहरुले समग्र चिशंखुगढीको सामाजिक,आर्थिक,राजनीतिक पाटोमा लोकतान्त्रिक समाजवादी कार्यप्रणाली निर्माण गरि कार्यान्वयनमा पहलकदमी लिनु नै आजको आवश्यकता हो। जुन आजसम्म किन हुनसकेको छैन यसको खोजी गरौं । हामी कांग्रेसीहरु महाधिवेशनको तयारीमा जुट्दै छौं ।
क्रियाशिल सदस्यता वितरणका नाममा विधि र परम्परा विपरीत जे जस्ता हतकण्डा हुँदैछ, के यसले समाजवाद बाँच्ला ?लोकतन्त्रिक समाजवादमा आस्था राख्ने साधारण कार्यकर्तालाई सक्रिय बनाउन, सक्रियलाई क्रियाशिल बनाई पार्टीको जीवन संचार गर्न र मुल्यांकनमा आधारित जिम्मेवारी दिन सदस्यता वितरण गर्ने प्रचलन हो । तर आज एक घरपरिवारका बाबू, आमा, छोरा, छोरी, बुहारी, दाजुभाइ ८–९ जनालाई क्रियाशिल सदस्यता वितरण किन गरिदै छ ? यो प्रवृत्तिले चिशंखुगढीमा कांग्रेसलाई एकढिक्का बनाउला त ? २०७४ को चुनावमा क्रियाशिल सदस्यहरुको भोट किनेर पनि हार्ने उम्मेदवारहरु किन मौन छन्, यो पनि खोजीको बिषय हो । अनधिकृत रूपमा क्रियाशिल सदस्यता वितरण गरेर आफ्नो सुरक्षित भविष्य खोज्ने नेतृत्वलाई ज्ञात होला कि नहोला पार्टी जीवन र राजनीतिक जीवनमा भुमिका एकै नहुनसक्छ । त्यो बेला झोलाबाट भोट आउँदैन हैं, ख्याल गर्नुस् ।
नेपाली कांग्रेसमार्फत राजनीतिक जीवन खोज्ने वर्तमानमा सक्रिय स्थानीय नेतृत्व तथा कार्यकर्ताहरुलाई हेक्का छ कि छैन ? विद्यार्थीहरुमा हाम्रो अवस्था के छ ? शिक्षक संघ कहाँ छ ? किसान संघ छ कि छैन ? महिला संघ कुन अवस्थामा छ ? जनजाति र दलितमा पार्टीको पहुँच के छ ? आमा समूह, उपभोक्ता समिति लगायतमा नेपाली कांग्रेस पार्टी कहाँ छ ? यी सबैकुरा भुलेर कतै हामी फगत आफ्नो हितरक्षाका खातिर कांग्रेसको उपयोग गरिरहेका त छैनौं ? क्रियाशिल सदस्यता विधिमा आधारित भएर वितरण गरिंदै छ कि स्वविवेकले वितरण गरेका छौं । बाहिरबाट हेर्दा चिशंखुगढीमा नेपाली कांग्रेसमा मतभेद देखिन्छ तर यस सत्यलाई मान्न कोही तयार हुनुहुन्न । किन विभक्त भयो, कहिलेदेखि बिभक्त छ ? यसमा कोही बोल्न तयार हुनुहुन्न र यो तितो विगतको अध्ययन नगरी आगामी बाटो प्रस्ट हुन्न । त्यसैले अबपनि हामी कसैको बुख्याँचा बन्ने हो भने पतन निश्चित छ ।
चिशंखुगढी गाउँपालिकामा नेपाली कांग्रेसको सशक्त उपस्थिति हुँदाहुँदै पनि निरीह प्रतिपक्षमा छ । यस्तो किन भएको हो भन्ने कुरा आज ४ वर्षमा पनि खोजी हुन सकेन । यसको खोजी हुननसके भोलिको नेपाली कांग्रेस चिशंखुगढी अझै कार्यदिशामा अलमलिने छ । चिशंखुगढी गाउँपालिकाका गतिविधि के कसरी संचालन हुँदैछन ? कार्यपालिका र वडाहरुमा लोकतान्त्रिक अभ्यासहरु विधिसम्मत हुनेगरेको छ छैन ? गाउँपालिकाबाट सम्पादन गरिने विकासका कामहरु दलगत प्रभावमा वितरण भएको छ छैन र विधिसम्मत नभए कसरी रोक्ने ? यदि यस्तो भएको छ भने हस्तक्षेपको लागि कुनै कार्यक्रम भएको छ कि छैन ? नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने साथीहरुको आचरण, भुमिका के छ, खोजी किन हुन सकेन ? आज सक्रिय सदस्यता वितरणका नाममा धेरै वडाहरुमा कार्यान्वयनमा छन्, त्यसमा कुनै अवाञ्छित गतिविधि त भएका छैनन् ? यो खोजी चिशंखुगढी कांग्रेसको हो कि होइन ?
यसकारण आज सम्पूर्ण निष्ठावान,आस्थावान कांग्रेसले लोकतान्त्रिक समाजवाद उन्मुख सामाजिक , आर्थिक र राजनीतिक क्रियाकलापमा सहभागी हुन आवश्यक छ । अझै बढी क्रियाशिल हुन चिशंखुगढी नेपाली कांग्रेसको नेतृत्वमा पुग्न रहर गर्नेहरुले कसैको या कुनै रुपको बुख्याँचा नभई कांग्रेसको विगत, वर्तमान र भविष्य प्रकाश पार्न जरुरी छ । यसैभित्र अट्ने छन आम नागरिक र यसैमा बाच्ने छ, नेपाली कांग्रेस चिशंखुगढी । जय नेपाल । चिशंखुगढी,सेर्ना, ओखलढ्ङगा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार