राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको आवेदन
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार १:४८:५६
२२ साउन, महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले विवरण दर्ता गराएका छन् । कारोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीपछि असार अन्तिम सातादेखि सञ्चालन गरिएको दर्ता अभियानअन्तर्गत जिल्लाका नौवटै स्थानिय तहमा ८६ जना कम्प्युटर अपरेटर आवश्यक सामग्री र उपकरणसहित परिचालन गरी दर्ता अभियान शुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहका वडावडामा कम्प्युटर अपरेटर परिचालन गरी दर्ताको कार्य भइरहेको छ ।
“वितरण दर्ताका लागि जनप्रतिनिधिको सहयोग र रुजु अधिकारीका रुपमा वडा सचिवको सहयोग लिइएको छ”, उनले भने, “विवरण दर्ताको कार्य सन्तोषजनकरुपमा अगाडि बढी रहेको छ ।” जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार बेदकोट नगरपालिकामा चार हजार ३४३, शुक्लाफाँटा नगरपालिकामा तीन हजार ९९४, कृष्णपुर नगरपालिकामा तीन हजार २१८ जनाको विवरण दर्ता गरिएको छ ।
महाकाली नगरपालिकामा एक हजार ४५७, बेलौरी नगरपालिकामा ७५६, बेलडाँडी गाउँपालिकामा ७०७, लालझाडी गाउँपालिकामा ५९९, भीमदत्त नगरपालिकामा ५९५ र पुनर्वास नगरपालिकामा ४०० जनाको विवरण दर्ताको कार्य गरिएको छ ।
गत चैत महिनामा शुरु भएको अभियान भीमदत्त नगरपालिकाको वडा नं १८ बाट शुभारम्भ गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दाबन्दी गरिएपछि जारी अभियान स्थगित गरिएको थियो । सो अभियान पुनःअसार महिनको अन्तिम सातादेखि सञ्चालन गरिएको छ । बन्दाबन्दीअघि १० हजार बढी व्यक्तिको विवरण दर्ता गरिएको थियो ।
राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानका लागि बेदकोट नगरपालिकामा १४, शुक्लाफाँटा नगरपालिकामा ११, कृष्णपुर नगरपालिकामा नौ, महाकाली नगरपालिकामा पाँच, बेलौरी नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा दुई, लालझाडी गाउँपालिकामा दुई, भीमदत्त नगरपालिकामा ३८ र पुनर्वासमा दुई गरी ८६ जना कम्युटर अपरेटर परिचालन गरिएका छन् ।
कारोना भाइरस सङ्क्रमणको जोखिमबीच न्यूनतम सेवाग्राही उपस्थित गराएर विवरण दर्ताको कार्य गर्न र स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भीडभाड नगर्ने नगराउने गरी सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार