दूध, अण्डा र मासुमा तनहुँ आत्मनिर्भर
नेपालबहस संवाददाता
साउन २२, २०७७ शुक्रबार २:४०:४५
२२ साउन, तनहुँ । दूध, अण्डा र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ ।
राष्ट्रिय मापदण्डअनुसार तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले जनाएको छ । नेपालको राष्ट्रिय मादपण्डअनुसार दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति वर्षिक ९१ लिटर उत्पादन हुनुपर्छ । तर तनहुँमा प्रतिव्यक्ति वार्षिक १५२ लिटर दूध उपलब्ध भइरहेको छ ।
त्यस्तै मासुमा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्डअनुसार वार्षिक १२.१४ केजी उत्पादन हुनुपर्छ । तर तनहुँमा प्रतिव्यक्ति वार्षिक १४ दशमलव ०९ केजी मासु उपलब्ध भइरहेको छ । यसैगरी अण्डामा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्ड अनुसार प्रतिव्यक्ति वार्षिक ४८ अण्डा पुग्नेगरी उत्पादन हुनुपर्छ । तर तनहुँमा प्रतिव्यक्ति वार्षिक ४७ दशमलव १९ गोटा अण्डा उपलब्ध भइरहेको छ । जिल्लामा हाल दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार तनहुँको कूल जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ । व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएपछि मासुमा आत्मनिर्भर बन्न सक्षम भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । दूध र अण्डा जिल्लामा खपतभएपछि बढी भएको वस्तु बाह्य जिल्लामा निर्यात गरिँदै आएको छ । उनले भने, “मासु उत्पादनले बाह्य जिल्लामा निर्यात गर्न नसकिए पनि आफ्नो जिल्ला आत्मनिर्भर बन्न सफल भएको छ ।”
जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अनुसार तनहुँमा वार्षिक २० हजार २४ मेट्रिक टन दूध बढी उत्पादन भइरहेको छ । बढी भएको दूध तनहुँ जिल्लाभन्दा बाहिर निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ ।
प्रमुख डा. श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४/०७५ भन्दा आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा ४८ हजार ३३५ मेट्रिक टन दूध उत्पादन भएको थियो । तनहुँमा उत्पादित दूधमा भैंसीको योगदान बढिरहेको उनले बताए । जिल्लामा एक लाख ४० हजार २०६ भैंसी, ९६ हजार ४४१ गाईपालन गरिएको छ । गाईभन्दा भैंसीपालन बढी भएकाले दूध उत्पादनमा भैंसीको योगदान धेरै रहेको छ ।
वार्षिक चार हजार ५२६ मेट्रिक टन मासुको माग रहेको तनहुँमा चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन विगतदेखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा राँगो र भैंसीबाट दुई हजार ९४९, खसी र बोकाबाट ९९६, भेडाबाट ४ दशमलव ५८, सुङ्गुर र बङ्गुरबाट ३३७ दशमलव ४०, कुखुराबाट २६८ दशमलव ५६ र हाँसबाट एक दशमलव ०८ मेट्रिक टन मासु उत्पादन भइरहेको छ ।
युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु भएको प्रमुख डा श्रेष्ठले बताए । उनले भने, “स्थानीय तहबाट आएको विवरण र उत्पादन परिणाम हेर्दा जिल्लालाई चाडै दूध, अण्डा र मासुमा आत्मनिर्भर घोषणा गर्ने योजना छ ।”
पछिल्लो समय जिल्लामा अण्डा व्यवसायी बढ्दै गएका कारण अण्डामा आत्मनिर्भर बन्दै गएको अण्डा उत्पादक सङ्घ तनहुँका महासचिव खेमराज अधिकारीले बताए । जिल्लामा दैनिक दुई लाख अण्डा खपत हुँदै आएको छ । उनले भने, “बढी भएको अण्डा अन्यत्र निर्यात हुँदै आएको छ ।”
बन्दाबन्दीका कारण कुखुराका लागि आवश्यक पर्ने दाना आपूर्ति गर्न असहज भए पनि बन्दाबन्दी खुलेसँगै कुखुरापालन व्यवसाय सहज बन्दै गएको र अण्डा बिक्रीबाट पनि राम्रै आम्दानी हुन थालेको महासचिव अधिकारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
चीनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार