कोरोनाले नेवार समुदायको रोकियो जात्रा
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १३:९:८
२३ साउन, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिए । “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय ग¥र्यौँ”, उनले भने, “कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुप¥यो ।”
नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाललगायतका नाच प्रदर्शन गर्थे । लाखेनाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन छ । घण्टाकर्ण, गाईजात्रा पर्व भने सुरक्षा सावधानीसहित मनाइएको थियो । गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तःहामचा निकाल्नैपर्ने परम्परा भएकाले रोक्न नसकिएको नेपाल भाषा मंकाःखलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
लाखेलगायत थोरै कलाकार भए पुग्ने नाच देखाउने सोच बनाइए पनि कोरोना सङ्क्रमणको जोखिम थप बढेकाले स्थगन गर्नु नै उचित भएको उनको भनाइ छ । समाज र खलः भएर परम्परागत नाचको संरक्षण गर्दै आएका छन् ।
स्थिति ठिकठाक हुन्थ्यो भने अहिले बागलुङ बजारमा जात्राको रौनक छाउँथ्यो । तीन सय वर्षअघि भक्तपुरबाट आउँदासँगै ल्याएको जात्राको परम्परालाई नेवारहरुले जीवित राखेका छन् । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउछन ।
जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको उनको भनाइ छ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार समुदायका अगुवा बताउँछन् । यसै त परम्परा जोगाउनै मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।
पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किने गरेको छ । आउँदा वर्षमा भदोरै जात्राले निरन्तरता पाउने समाजका सचिव शाक्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज सुन तोलामा ७ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार