चोरी मुद्दामा फरार रहेका पक्राउ
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १३:५६:४५
२३ साउन, तनहुँ । चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा बन्दीपुर–५ झारगाउँ तिलाहर बस्ने २८ वर्षीय रुपराज गुरुङ रहेका छन् । जिल्ला अदालतको विसं २०७३ कात्तिक १८ गतेको फैसलाले छ महिना कैद र रु ५१ हजार ७५० जरिवाना तोकेपछि उनी फरार रहँदै आएका थिए ।
तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा घरमा रहेको अवस्थामा फेला परेपछि पक्राउ गरी अदालतसमक्ष पेश गरेको हो । अदालतसमक्ष पेश गरिएका गुरुङलाई अदालतले बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार