युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार १९:२६:२४
२३ साउन, काठमाडौं । युट्युबलगायत अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ ।
बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला सङ्घले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो । सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।
सङ्घले युट्युबरलगायत अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह गरेको छ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कातर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने÷सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्योल रहँदै आएको वक्तव्यमा लेखिएको छ ।
गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार सङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार