काठमाडौंकाे न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र शिल
नेपालबहस संवाददाता
साउन २३, २०७७ शुक्रबार २१:२८:२८
२३ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र शिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मुख्य यी व्यापारिक केन्द्रहरु शिल गर्ने भएको हो ।
व्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन्। काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै उक्त क्षेत्र बन्द गर्न निर्देशन दिएका हुन्।
न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष महर्जनले बताए।
काठमाडौं महानगरपालिका वडा नम्बर २२ अन्तर्गत व्यापार गर्ने केही व्यापारीमा कोरोना संक्रमण देखिएकाले अन्य व्यपारीको पीसीआर रिपोर्ट नआएसम्म बन्द गर्ने निर्णय भएको काठमाडौं महानगपालिका वडा नम्बर २२ का वडाध्यक्ष चीनीकाजी महर्जनले बताए। कपडाको व्यापार गर्दै आएका दुई जना व्यापारीमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार