विद्युत् सेवा अवरुद्ध हुँदा मुगु सदरमुकाम अन्धकार
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार ०:४४:३४
२३ साउन, मुगु । जिल्ला सदरमुकाममा वितरित विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामलगायत आसपासका क्षेत्र अन्धकार भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत गमगाड वितरण केन्द्रको विद्युत्गृहमा रहेको नोजल प्रेसर ट्याङ्कको सेटमा समस्या आउँदा बुधबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत् सेवा पुगेका ११ वडामा रहेका दुई हजार ८०४ ग्राहक अँध्यारोमा बस्नु परेको छ भने दैनिक सरकारी कामकाज सञ्चालन गर्न समस्या भएको छ ।
बुधबार राति ११ बजे विद्युत्गृहमा नोजल प्रेसर ट्याङ्कबाट तेल चुहावट भएपछि विद्युत् उत्पादनमा अवरोध आएको थियो । मुगुका करीब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाड साना जलविद्युत् आयोजना पटकपटक बिग्रिन थालेपछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।
करीब ३९ हजार ६०७ युनिट बत्ती खपतबाट करीब रु तीन लाख ५० हजार मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत् आयोजनाले जनाएको छ । कूल ४०० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् उत्पादन केन्द्रको नोजल प्रेसर सेट मर्मत तथा नयाँ सेट खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र उक्त सामग्री चीनमा मात्र पाइने हुँदा खरिदका लागि केही समय लाग्ने भएकाले बत्ती आउने समय यकिन भन्न नसकिने आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार