कोरोनाले ५ जनाको मृत्यु, मृत्तकको संख्या ७३ पुग्यो
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार २:१८:५८
२३ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा शुक्रबार ५ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा दुई, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक, विराटनगरको कोशी अस्पतालमा एक र वीरगञ्जको गण्डक अस्थायी कोरोना अस्पतालमा एक जना गरी पाँच जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पाटन अस्पतालमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो । सर्लाहीका पुरुषलाई कुकुरले टोकेर अस्पताल भर्ना भएका थिए । यस्तै रुपन्देहीकी महिलाको पाठेघर क्यान्सको समस्या थियो । दुवैमा संक्रमण देखिएको थियो । कोरोनाकै कारण उनीहरुको शुक्रबार बिहान ज्यान गएको हो ।
यस्तै सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका बेला संक्रमणमा परेका थिए । उपचारकै क्रममा उनको मृत्यु भयो ।
यस्तै कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषको पनि मृत्यु भएको छ । मृत्यु भएपछि कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
वीरगञ्जको नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार वृद्धको पनि ज्यान गएको छ । वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।
नेपालमा एकैदिन कोरोनाले ५ जनाको ज्यान गएको यो दोस्रो पटक हो । यसअघि मंगलबार एकैदिन ५ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि सरकारले देशभर जोर विजोर प्रणाली लागु गरेको छ ।
संक्रमणको अवस्था थप भयावह हुन थालेपछि काठमाडौ उपत्यकामा आइतबारदेखि सटडाउन लागु गरिएको छ । अहिलेसम्म २१ हजार बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १५ हजार उपचारपछि घर फर्किएका छन् । तर अहिलेसम्म ७३ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
इँटाभट्टामा मान्छे जिउँदै जलाएको प्रकरण : पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार