“सटडाउन” “लकडाउन” भन्दा के फरक छ ?
नेपालबहस संवाददाता
साउन २३, २०७७ शनिबार ४:१६:२१
२३ साउन, काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि सरकारले विस्तारै निषेधाज्ञा र ‘सटडाउन’ गर्न थालेको छ । नेपाली प्रचलित शब्द निषेधाज्ञाबारे सबैलाई थाहा भएपनि सटडाउनबारे धेरै नेपाली अनविज्ञ छन् ।
यसअघि पहिलोपटक सुनिएको ‘लकडाउन’ चीनबाटै विश्वभर फैलिएपछि नेपालमा समेत लागु गरिएको थियो । झण्डै चार महिना नेपालीले झेलेको लकडाउनबारे सबैलाई पूर्ण जानकारी भएपनि ‘सटडाउन’बारे अन्यौलता थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उपत्यका सटडाउनको घोषणा गरेको हो । जुन नौलो मात्रै होइन, नेपालीका लागि नयाँ अनुभूति समेत हुनेछ । आइतबारदेखि उपत्यकाका तीन वटै जिल्लामा लागु हुने सटडाउनमा अत्यावश्यक बाहेक सेवा बन्द गरिएको छ ।
यसअघि लकडाउनमा पनि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नुका साथै बाहिर हिडडुल गर्न समेत प्रतिबन्ध लगाइएको थियो ।
सटडाउन के हो ? किन गरियो ?
शुक्रबार मात्रै काठमाडौं उपत्यकामा १०० भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएपछि धेरैका मनमा त्रास जागेको छ । एकातिर कोरोना फैलिदै जाँदा यसको संक्रमणले ल्याउन सक्ने भय पनि त्यत्तिकै छ ।
यस्तो अवस्थामा कसरी यसलाई रोकथाम न्युनिकरण गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर बनेको संकेत हो, सटडाउन । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलका अनुसार अहिलेको कोरोना संक्रमणलाई भयावह अवस्थामा फैलिन नदिन ‘सटडाउन’ घोषणा गरिएको हो ।
आइतबारदेखि काठमाडौंँमा लागु हुने सटडाउनमा प्रतिबन्ध हुने छैन । खाली निकै भीडभाड हुने ठाउँमा चाप कम देखिनेछ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकार पौडेलका अनुसार अहिलेको संक्रमण घटाउन सटडाउनको विकल्प अघि सारिएको हो । मन्त्रिपरिषद बैठकले समेत कोरोना अवस्थालाई हेरेर परिस्थिती नियन्त्रणमा राख्न आवश्यक कदम चाल्ने अधिकार जिल्ला तथा स्थानीय तहलाई दिएपछि काठमाडौं उपत्यकामा सटडाउन हुन लागेको हो ।
‘अहिले कोरोना संक्रमणले भयावह रुप लिन थालेको छ । यस्तो अवस्थामा रोकथामको उपाय भनेकै सामाजिक दुरी र भीडभाड नगर्नु राम्रो उपाय मानिन्छ’ पौडेल भन्छन, ‘यसका लागि उपयुक्त विकल्पका रुपमा सटडाउन गरिएको हो ।’
मास्क र सामाजिक दुरी प्रमुख अस्त्र !
सरकारले सटडाउन गरेपनि महामारी नियन्त्रणका लागि यो नै अन्तिम अस्त्र भने होइन् । विश्वकै शक्तिशाली र विकसित देश पनि कोरोनाले हायलकायल भएका बेला समयमै यसको निराकरण गर्न नसके अवस्था ती देशभन्दा फरक हुदैन् ।
यस्तो अवस्थामा मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र कोरोना लाग्नै नदिनु यसबाट बच्ने प्रमुख उपाय हुने डाक्टर शेरबहादुर पुन बताउँछन् ।
‘लकडाउनले समाधान हुदैन भन्ने कुरा हामीले तीन महिनामै देखिसक्यौ’ सरुवा रोग विज्ञ डाक्टर पुन भन्छन, ‘अहिले सटडाउन गर्दैमा पनि धेरै उपलब्धी हात लाग्दैन् । अब आफैले यसबाट बच्न विशेष सतर्क हुनुको विकल्प छैन् ।’
डा. पुनका अनुसार अब हरेक नागरिक सचेत नहुँदासम्म कोरोना जोखिम नघट्ने बताउँछन् । मुखमा लगाउनुपर्ने मास्क चिउडोमा लगाएर, बाटोमा हिड्दा मास्क लगाउने तर हुलमुलमा हुँदा मास्क खोलेर कुरा गर्ने बानीले यसको जोखिम थप बढेको उनको भनाई छ ।
‘अब कोरोनालाई नियन्त्रणमा राख्ने वा झन भयावह बनाउने भन्ने कुरा तपाई हामी नागरिकको हातमा छ’ कोरोना समाधानको अतिआवश्यक निष्कर्ष सुनाउदै पुन भन्छन, ‘त्यसैले सरकारले होइन, अब आफैले कोरोनाबाट बच्नु नै उत्तम हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार