गासँ बाँसको समस्यामा बारेकोटका पहिरोपीडित
नेपालबहस संवाददाता
साउन २४, २०७७ शनिबार १७:४०:१५
२४ साउन, जाजरकोट । पहिरोबाट विस्थापित भएर कैयौ रात त्रिपालमा काटेका जाजरकोटका पहिरोपीडितलाई गास बाँसको समस्या परेको छ । महिनौ बितिसक्दा पनि बाढी पिडितहरुले उचित गाँस बाँस पाउन सकेका छैनन् ।
गएको असारमा गएको पहिरोले बारेकोट गाउँपालिका–१, ४, ५, ६, ७ का बाढीपीडितहरु स्थानीय विद्यालय नजिकैको जंगलमा त्रिपाल बनाएर बसिरहेका छन् । असार २५ गते सार्कीटोलमा गएको पहिरोबाट विस्थापित भएका उनीहरु अहिले ठूलो समस्यासँग जुधिरहेका छन् । तर उनीहरुलाई अहिलेसम्म राहतका नाममा गतिलो खाने बस्ने व्यवस्था भने छैन् ।
कार्यकर्तालाई राहत, पीडितलाई बेवास्ता
जाजरकोटका बाढी पहिरो पीडित साँझ बिहान के खाने, के लाउने भनेर छट्पटाएका छन् । तर जनप्रतिनिधि र नेताहरु भने आफ्नै पार्टीका कार्यकर्तालाई मात्रै राहत बाड्न व्यस्त भएका छन् । बाढी पिडितहरुको घरमा छाक टार्न गाह्रो भएको बेलामा पार्टींका कार्यकर्ता हुनेखानेलाई मात्रै राहत वितवरण गरिएको स्थानिय राईबहादुर तिरुवा बताउँछन ।
सार्कीटोलमा पहिरोले १२ जनाको मृत्यु भएको थियो भने सयौ घरपरिवार विस्थापित भएका थिए । पहिरो लगत्तै केन्द्र सरकारदेखि प्रदेश सरकारले आकाशमा हेलिकोप्टर घुमाएपनि गरीब पीडितलाई भने गतिलो सँग कसैले व्यवस्थापन गर्न सकेन ।
यस्तै खानेपानीको समेत गतिलो व्यवस्थापन नहुँदा समस्या भएको उनीहरुको गुनासो छ । जंगलमा बस्दा जंगली जनावरको साथै सर्प जस्ता विषालु प्राणीको पनि उत्तिकै डर छ । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले पहिरोपीडित सबैको उद्धार गरिएको र राहतको व्यवस्थापन भइरहेको बताउँछन् ।
पहिरो पीडितको व्यवस्थापन र राहतका विषयमा प्रदेश र केन्द्र सरकारसँग पहल भइरहेको पनि उनको भनाई छ । तर उनले पार्टी कार्यकर्तालाई राहत वितरण गरिएको विषयमा भने खुलेर प्रतिक्रिया दिन चाहेनन् ।
लोकेन्द्र विश्वकर्माबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार