तालिमप्राप्त कुकुरसहित अनुसन्धान शुरु
नेपालबहस संवाददाता
साउन २५, २०७७ आइतबार १७:२१:५७
२५ साउन, काठमाडौं । हत्या गरेर सुटकेशमा राखिएको अवस्थामा गोंगबुमा भेटिएको शवबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोलीले घटनाको अनुसन्धान शुरु गरेको हो ।
गोंगवु गणेशस्थानमा तालिमप्राप्त कुकुर लिएर अनुसन्धान शुरु गरिएको अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले जानकारी दिए । गणेशस्थान नजिकै कालो सुटकेशमा टाउको विनाको शव फालिएको अवस्थामा भेटिएको थियो । टाउको भने तीन सय मीटर पर भेटिएको छ ।
प्रवक्ता कार्कीका अनुसार अहिले शवको पहिचान खोज्ने काम भइरहेको छ । सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाएर घटनास्थल पुगेको प्रहरीले टाउको नभएको अवस्थामा शुटकेशबाट शव निकालेको हो ।
टाउको भने तीन सय मीटर पर भेटिएको अपराध महाशाखाका प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार राती नै हत्या गरेर शव फालिएको देखिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुरबाट अनुसन्धान शुरु गरिएको छ ।
अन्तै मारेर शव फालिएको आशंका
गोंगबु गणेशस्थान चोकमा भेटिएको शव अन्त कतै मारेर शव त्यहाँ फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । ४० ४५ उमेरका पुरुषको पहिचान खुलिसकेको छैन् । तर केही दिनदेखि हराईरहेको सुचना पाएको प्रहरीले शव उनैको हुन सक्ने आशंका गरेको छ ।
यद्यपी यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हत्याको घटनाक्रमलाई लुकाउन एक ठाउँमा हत्या गरी अर्को ठाउँमा शव फाल्ने क्रममा गोंगबु गणेशस्थानमा शव फालिएको हुन सक्ने आशंका छ । फरेन्सिक डाक्टरको विज्ञ टोलीले घटनास्थलको अध्ययन गरेपछि शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।
शव भेटिएको क्षेत्रमा बाक्लो सुरुक्षाकर्मी परिचालन गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार